गायक सुरज श्रेष्ठको सालैजो गीत”आधिखोला सलल”सार्वजनिक (भिडियो सहित)

गायक सुरज श्रेष्ठको सालैजो गीत”आधिखोला सलल”सार्वजनिक (भिडियो सहित)

सञ्चार बाणी

@SancharBani

२०७९ जेठ १० गते मङ्गलबार १०:५०

नेपाली गीत संगीतको बजारमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा सुमधुर स्वरको धनी गायक सुरज श्रेष्ठ र गायिका मन्जली बस्यालको आवाजमा नयाँ सालैजो गीत"आधिखोला सलल"सार्बजनिक भएको छ। उक्त गीत...

नेपाली गीत संगीतको बजारमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा सुमधुर स्वरको धनी गायक सुरज श्रेष्ठ र गायिका मन्जली बस्यालको आवाजमा नयाँ सालैजो गीत”आधिखोला सलल”सार्बजनिक भएको छ। उक्त गीत केही दिन अगाडि “राजेश भण्डारी”नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो।

पछिल्लो समय बजारमा नेपाली गित संगितहरु चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गित संगीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कतिपए तयारी अवस्थामा छन् । यसै सन्दर्भ कयौ गीत संगीत हरुले राम्रो बजार पाएको छ साथै दर्शक श्रोताहरुबाट माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । माया प्रेमका कथा बिषय बस्तुले समेटिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर प्रायःजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउने गर्दछन ।

लोकप्रिय गायक सुरज श्रेष्ठ र गायिका मन्जली बस्यालले गाएको उक्त गितमा राजेश भण्डारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विशेष गरि आफ्नो गाउँ ठाउँ एवम् माया प्रेमको विषयवस्तु दर्शाईएको छ ।

राजेश भण्डारीको निर्देशन एवम् दिपेश एसकेको कोरियोग्राफीमा तयार पारिएको गितको म्युजिक भिडियोमा जुनु एस डि,दिपेश एस.के,सहिर के सि र सिर्जना गुरुङको डान्सिङ फिचर एवम् अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई बिजय पोख्रेलको छायांकन एवम् रमेश सेन्चुरीको संयोजना रहेको छ । गीतको

पूरा भिडियो हेर्नुहोस:

प्रकाशित मिति २०७९ जेठ १० गते मङ्गलबार १०:५०
प्रतिक्रिया दिनुहोस