तुलसी क्षेत्रीको “मोहनी फुकाई देउ” सार्वजनिक (भिडीयो)

तुलसी क्षेत्रीको “मोहनी फुकाई देउ” सार्वजनिक (भिडीयो)

उत्साह घिमिरे

@SancharBani

२०७८ फाल्गुण १ गते आईतबार ०७:२०

लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको‌ पछिल्लो लोक तथा दोहोरी गीत "मोहनी फुकाई देउ" तुलसी क्षेत्री अफिसियल युट्युब च्यानल मार्फत सर्बत्र ‌बजारमा आएको छ । जुन गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी...

लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको‌ पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ” तुलसी क्षेत्री अफिसियल युट्युब च्यानल मार्फत सर्बत्र ‌बजारमा आएको छ । जुन गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ ।

यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै अनुनय बिनय गरेका छन् । भिजुवलमा गायक गायिका आपसमा निकै रोचक दोहोरी जुगलबन्दी गरि रोधीं नदिएको देखाइएको छ । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई‌ पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ

गीत र गीतको भिजुयल निकै दमदार बनेको छ । यसरी गीतको‌ जुन मर्म छ त्यो‌ मर्मलाई उत्तिकै न्याय गर्ने गरि भिडियो वनाइदिएको‌मा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् । यस भिडियोको भिडियो निर्देशक होम तमु र छायांकन गणेश सापकोटा र इडिटिङ सुवास अम्गाईले गरेका हुन । जसको पोष्ट प्रोडक्सनको काम फलानो क्रियशनले गरेको छ ।

लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत संगीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत संगीत पस्किरहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसङ्गै तीज, दशैं, तिहार बिशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् ।

यो गीतले उनलाई थप पहिचान दिनेमा उनी बिश्वस्त रहेकी छिन् ।
बाला जोबन, ब्लाक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्यो बिरलै, दुःख पाइदो रैछ आदि उनीद्वारा स्वरबद्ध लोकप्रिय गीतहरू हुन । गायन सङ्ग सङ्गै अभिनय कलामा पनि उत्तिकै पारङ्गत तुलसीले अग्निदहन, क्या बात चलचित्र र अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ‌भने उनीद्वारा अभिनित चलचित्र “वडा अध्यक्ष” रिलिज हुने क्रममा रहेको छ ।

भिडीयो:

प्रकाशित मिति २०७८ फाल्गुण १ गते आईतबार ०७:२०
प्रतिक्रिया दिनुहोस