दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई घरमा गएराति आगलागी भएको छ ।आगलागीबाट घर पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।
उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।
एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि घरका भाँडावर्तन, खाद्यानलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको थियो ।
प्रकाशित मिति २०७८ कार्तिक १९ गते शुक्रबार ०७:२५