फ्यानले मन पराएका बेनिशाका ‘बोल्ड’ २० तस्वीर (फाेटाे फिचर)

फ्यानले मन पराएका बेनिशाका ‘बोल्ड’ २० तस्वीर (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ६ गते शनिवार ०८:०५

मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा पढिरहेकी बेनिशा हमाल कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते काठमाडौं आइपुगिन् । यही अवधिमा विभिन्न भाषाका उत्कृष्ट सिनेमा हेर्न भ्याइन् । कथा–लेखनमा उनको रुचि छ, यो मौकामा...

मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा पढिरहेकी बेनिशा हमाल कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते काठमाडौं आइपुगिन् ।

यही अवधिमा विभिन्न भाषाका उत्कृष्ट सिनेमा हेर्न भ्याइन् । कथा–लेखनमा उनको रुचि छ, यो मौकामा थुप्रै कथा लेख्न भ्याइन् । कलेजका लागि सातामा एउटा लकडाउनमा आधारित कथा लेख्नु त छदैछ, अन्य सस्पेन्स थ्रिलर कथा पनि लेखेकी छिन् । ‘दि मिसिङ ब्राइड शीर्षक कथा साँझको ५ बजे लेख्न सुरु गरेकी थिए, लेख्दा–लेख्दै बिहानको ५ बजेको पत्तै पाइन“’, उनले उनलाई अहिले लेख्ने नशा नै लागेको छ ।

बेनिशाले यो समयलाई मान्छेको परीक्षाका रूपमा पनि लिएकी छिन् । मानव जीवनलाई उनी पानीसँग तुलना गर्छिन् । र, भन्छिन्, ‘पानीजस्तै निराकार हुनुपर्छ, हाम्रो जीवन त्यसो त उनको सपना राम्रो सिनेमामेकर बन्ने हो । उनी अझै एक वर्ष पढाइमै लाग्नेछिन्, त्यसपछि मात्रै सिनेमामा फर्किने योजना छ । लकडाउनले उनको नयाँ प्रतिभा पनि उजागर गरेको छ । ‘मैले जीवनमा स्केचसम्म गरेको थिइन“ । यो लकडाउनमा क्यानभास र कुचीलाई पनि साथी बनाए“ । अहिले त चित्रकलाको सिरिज नै तयार हुँदैछ,’ उनले भनिन् । चित्रहरूमा उनले प्रकृति र मान्छेको सम्बन्धलाई विषय बनाएकी छिन् ।

दिनहुँ एक्सरसाइज गर्छु : बेनिशा हमाल
बेनिशा हमाल नेपाली अभिनेत्री हुन् । हालै प्रदर्शनमा आएको हरर् फिल्म ‘घर’मा बेनिशाले पनि अभिनय गरेकी छिन् । बेनिशा फिट अभिनेत्रीभित्र पर्छिन् । स्वस्थ्य र फिट रहन आफूले खानपान र जीवनशैलीमा ध्यान दिने गरेको उनी बताउँछिन् । अब जानौँ, उनको फिटनेस सूत्र :

नियमित अभ्यास
आफूलाई फिट राख्न पहिला त सोच आउनुपर्छ । सोचेर मात्रै भएन, त्यसका लागि जाँगर पनि चलाउनुपर्छ । त्यसैले म सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली ठाउँमा एक्सरसाइज गर्छु ।
सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली जग्गामा एक्सरसाइज गर्छु ।

खानपानमा सचेत छु
म खानामा साह्रै कन्सस छु । प्रायः जंकफुड खाँदिनँ । उसिनेका तरकारी खान्छु । कोल्डड्रिंक्सका ठाउँमा जुस पिउँछु । फलफूल मेरो प्राथमिकतामा पर्छन् । मासुमा भन्दा बढी म माछामा फोकस गर्छु । नियमित पानी पिउँछु ।

हरर फिल्म खेल्दा डरले निदाउनै सकिनँ : बेनिशा हमाल
मैले पहिलोपटक हरर फिल्म ‘घर’मा अभिनय गर्ने अवसर पाएँ । हरर फिल्म भन्नेबित्तिकै डरलाग्दो हुन्छ । झन् त्यसमाथि सधैँ रातमा मात्रै सुटिङ हुन्थ्यो । मेकअप गर्दा होस् या ड्रेस चेन्ज गर्दा, पछाडि कोही उभिइरहेको छ कि, कसैले पिछा गरिरहेको छ कि भन्ने त्रास हुन्थ्यो ।

‘ब्लाइन्ड रक्स’ र ‘चंगा चेट’ फिल्ममा मैले अर्पण थापासँग अभिनय गरेकी थिएँ । ‘घर’मा उनकै निर्देशनमा काम गरेँ । कहिलेकाहीँ बिहानपख सुटिङ सकेर घर जाँदा डरले निदाउनै सक्दिनथेँ । कोठमा कोही लुकेको छ कि भन्ने लाग्थ्यो । कतैबाट सानो आवाज आयो भने पनि मुटु सिरिंग हुन्थ्यो ।

सुटिङ सकिएको लामो समय भइसक्यो । फिल्म ३ साउनमा रिलिज हुँदै छ । अहिलेसम्म पनि मलाई त्यतिवेलाका कुरा सम्झिएर डर लाग्छ । कतै एकान्तमा एक्लै भएँ भने त त्यत्तिकै पनि मेरो सातो उड्छ । हामी कलाकारलाई त हरर फिल्ममा काम गर्दा यति धेरै त्रास लाग्ने गरेको छ भने दर्शकलाई झन् कस्तो लाग्ला ? म उहाँहरूको प्रतिक्रिया बुझ्न आतुर छु । फिल्ममा मेरो निकै महत्वपूर्ण भूमिका छ । त्यो जान्नलाई फिल्म नै हेर्नुपर्छ ।





यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।

(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।

(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।

(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।

(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।

(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।

(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।

(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०८:०५
प्रतिक्रिया दिनुहोस