नियाको हट एण्ड बोल्ड लुक्स् (१० तस्वीर)

नियाको हट एण्ड बोल्ड लुक्स् (१० तस्वीर)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २८ गते बिहिबार ०४:४३

एजेन्सी । भारतीय अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी फ्यानका साथ नयाँ तस्बिर तथा भिडियो शेयर समेत गरिरहन्छिन् । हालसालै उनले ब्रालेस फाेटाेसुट गरेकि थिइन् । क्रप ज्याकेट, रिब्ड जिन्समा निकै बोल्ड देखिएकि...

एजेन्सी । भारतीय अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी फ्यानका साथ नयाँ तस्बिर तथा भिडियो शेयर समेत गरिरहन्छिन् । हालसालै उनले ब्रालेस फाेटाेसुट गरेकि थिइन् । क्रप ज्याकेट, रिब्ड जिन्समा निकै बोल्ड देखिएकि थिइन् उनी । धेरैले उनकाे पहिरनकाे आलोचना समेत गरिरहेका हुन्छन् । तर नियालाई भने यी आलोचनाले कुनै फरक परेको देखिँदैन ।

सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी निया शर्मा एशियाको दोस्रो सबैभन्दा सेक्सी महिलाको रुपमा छानिइसकेकी छिन् । उनी आफ्नो हट फोटोसुटका लागि पनि चर्चामा छाइरहिन्छन् । निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो । उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो । त्यसपछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् ।

सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट निया शर्माको लोकप्रियता बढ्न थाल्यो । सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम थियो जमाई राजा । त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो ।

ईश्कमे मरजावां सिरियलमा नियाले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् । निया विक्रम भट्टको वेब सिरिज ‘ट्विस्टेड’ मा पनि काम गर्नेछिन् । सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हाँसिल गरेकी थिइन् । यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् । सन् २०१५ मा नियाले विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् ।

तस्वीरहरु



यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।

(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।

(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।

(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।

(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।

(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।

(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।

(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।

प्रकाशित मिति २०७८ असोज २८ गते बिहिबार ०४:४३
प्रतिक्रिया दिनुहोस