एजेन्सी : अभिनेता सञ्जय दत्त तीन सन्तानका बुबा हुन्। जेठी छोरी त्रिशला पछि उनी जुम्ल्याहा इक्रा र शाहरानका बुबा बनेका थिए।अमेरिकामा रहेकी ठूली छोरी लाई
भेट्न गएको बेला होस् वा भारतमै रहेका साना छोरी हरु सँग समय बिताउँदाको क्षण आफ्ना सन्तानप्रति सञ्जयको माया प्रष्ट झल्किएको देख्न पाइने डिएनए इन्डियाले लेखेको छ।

सामाजिक सञ्जालमा अक्सर अरुभन्दा अभिनेता सञ्जय र उनकी छोरी त्रिशलाका तस्बिर भाइरल हुन्छन्। तर यस पटक संजयकी छोरीमध्ये इक्राले आकर्षित गरेकी छन्।

खबर अनुसार हालै सञ्जयकी पत्नी मान्यता दत्तले इन्स्टाग्राम स्टोरिजमा बुबा-छोरीले कारभित्र खिचेको तस्बिर सेयर गरेकी छिन्। इक्रा लाई अँगालोमा लिइरहेका सञ्जय र नीलो आँखाले क्यामेरामा हेरिरहेकी इक्रा देखिएका छन्।

धेरै मानिस लाई इक्राको निलो आँखाले आकर्षित गरेको छ।मान्यताले ‘ड्याड्डीज गर्ल स्टिकर’ लेखिएको स्टिकरसहित तस्बिर सेयर गरेकी हुन्। यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। हेर्नुहोस तस्बिरहरु

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०४:२४