यी हुन् धेरै कमाइ गर्ने नायिका (फाेटाे फिचर)

यी हुन् धेरै कमाइ गर्ने नायिका (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ०१:००

कोरोनाका कारण भएको बन्दाबन्दीले बलिउड उद्योग खस्किएको छ । तर यस्तो विषम् परिस्थितिमा पनि कुन कलाकारको कमाइ कति भन्ने विषयले चर्चा पाएको छ । यसैबीच बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारि श्रमिक लिएपछि...

कोरोनाका कारण भएको बन्दाबन्दीले बलिउड उद्योग खस्किएको छ । तर यस्तो विषम् परिस्थितिमा पनि कुन कलाकारको कमाइ कति भन्ने विषयले चर्चा पाएको छ । यसैबीच बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारि श्रमिक लिएपछि उनी सर्वाधिक महँगी भारतीय अभिनेत्री भएकी छन् । यो जोडी नाग आश्विनको निर्देशनमा बन्ने ‘साइफाई फिक्सन’मा एकसाथ देखिन थालेको छ । दीपिका र प्रभासको जोडी बाँध्न निर्माताले महँगो रकम खर्चिएका हुन् ।

बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीमा दीपिका पादुकोणसँगै आलिया भट्ट, अनुष्का शर्मा लगायतको नाम अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्मा पनि महँगो नायिकाको गणनामा छिन् । ‘पाताल लोक’ र ‘बुलबुल’को निर्माताका रूपमा समेत काम गरेकी अभिनेत्री शर्माले उत्कृष्ट अभिनयको छाप छाडेकी छन् । यहाँ केही बलिउड अभिनेत्रीको कमाइको चर्चा गरिन्छ

दीपिका पादुकोण

MADRID, SPAIN – JUNE 23: Indian actress Deepika Padukone attends the press conference for the 17th edition of IIFA Awards (International Indian Film Academy Awards) at the Palace Hotel on June 23, 2016 in Madrid, Spain. (Photo by Carlos Alvarez/Getty Images)

महँगी अभिनेत्रीको चर्चा गर्दा दीपिका पादुकोणको नाम स्वतः अगाडि आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाइ गरेर १०औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनी चौथो नम्बरमा पुगेकी छन् । उनको पछिल्लो वर्षको कमाइ १११.८ करोड भएको छ ।

आलिया भट्ट

आलिया भट्ट पछिल्लो समय अधिक कमाइ गर्ने अभिनेत्रीमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचीमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाइ ५९.२१ करोड रहेको छ।

प्रियंका चोपडा

ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको टप सय सेलिब्रिटीको सूचीमा पर्छिन् । उनी ४९ नम्बरबाट १४औं मा आइपुगेकी छन् । पछिल्लो समय प्रियंकाको कुल कमाइ २३.४ करोड थियो । इन्स्टाग्राममा धनीको सूचीमा सन् २०१९ की सबैभन्दा धनी भारतीय सेलिब्रिटीका रूपमा पनि उनी मनोनयन भएकी थिइन् । उनले पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड पाउँछिन् ।

अनुष्का शर्मा

अभिनेत्री तथा निर्मात्री अनुष्का शर्माको सन् २०१९ को कमाइ २८.६७ करोड थियो । उनी सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको सूचीमा २१औं नम्बरमा पर्छिन् ।

कैटरिना कैफ

बलिउड अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष कमाइ २३.६३ करोड थियो । उनी धनी अभिनेत्रीहरूको सूचीमा २३औं नम्बरमा पर्छिन् । उनी केही ठूला ब्रान्डका एम्बेसडरसमेत हुन् । अन्नपूर्णबाट

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०१:००
प्रतिक्रिया दिनुहोस