शाहरुखसँग ३० केजी तौल भएको लेहेंगा लगाएर नाचेकी थिइन् माधुरी

शाहरुखसँग ३० केजी तौल भएको लेहेंगा लगाएर नाचेकी थिइन् माधुरी

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ०२:५३

काठमाडौं । कुरा १८ वर्ष अघिको हो । जतिबेला बलिउडमा शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय सर्वाधिक चर्चामा थिए । चर्चामा नै रहेका बेला शाहरुखको देवदास नाम फिल्म रिलिज भयो । फिल्मका एक एक डायलगदेखि अधिकांश सिनहरुले चर्चा पाए...

काठमाडौं । कुरा १८ वर्ष अघिको हो । जतिबेला बलिउडमा शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय सर्वाधिक चर्चामा थिए । चर्चामा नै रहेका बेला शाहरुखको देवदास नाम फिल्म रिलिज भयो ।

फिल्मका एक एक डायलगदेखि अधिकांश सिनहरुले चर्चा पाए । जसमध्येको एउटा रमाइलो किस्सा हो माधुरीको ३० केजीको लेहेंगा । देवदासमा माधुरीले लगाएको एउटा लेहेंगाको तौल मात्रै ३० केजीको भएका कारण माधुरी असिन पसिन बनेकी थिइन् ।

लेहेंगाको तौल उच्च भएकै कारण उनलाई हिँड्नसमेत धौ धौ परेका बेला उजले एउटा सिंगो गीतमा नै उक्त साडी लगाउनु परेको थियो । जसका कारण उनी निकै थकित र गलेकी थिइन् ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०२:५३
प्रतिक्रिया दिनुहोस