बलिउडमा डेब्यु गर्न लागेकी सलमान खानकी भान्जी

बलिउडमा डेब्यु गर्न लागेकी सलमान खानकी भान्जी

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ०२:४०

काठमाडौं । बलिउड अभिनेता सलमान खानले हालसम्म बलिउडमा धेरै अभिनेत्रीलाई ल्याएका छन् ।सलमान खानको परिवारका केही सदस्य पनि बलिउडमा आइसकेका छन् । अभिनेता खानले बलिउडमा डेब्यु गराएका धेरै अभिनेत्री हिट भएका छन् ।अर्कोतिर सलमान...

काठमाडौं । बलिउड अभिनेता सलमान खानले हालसम्म बलिउडमा धेरै अभिनेत्रीलाई ल्याएका छन् ।सलमान खानको परिवारका केही सदस्य पनि बलिउडमा आइसकेका छन् ।

अभिनेता खानले बलिउडमा डेब्यु गराएका धेरै अभिनेत्री हिट भएका छन् ।अर्कोतिर सलमान खानले अब आफ्नी भान्जीलाई पनि बलिउडमा डेब्यु गराउने तयारी गरेको खुलासा भएको छ ।

सामाजिक सञ्जालमा फोटोशुटका कारण चर्चामा आइरहने सलमानकी भान्जी अलीजे अग्निहोत्री अब बलिउडमा प्रवेश गर्दैछन् ।उनले फिल्ममा अभिनय गर्ने भएपछि उनका फ्यानहरु पनि उत्साहित भइरहेका छन् ।

उनी सलमानकी बहिनी अलवीरा खान तथा निर्माता अतुल अग्निहोत्रीको छोरी हुन् । उनले एक ज्वेलरीको लागि एड शुट गरेकी हुन् । हालै उनले विज्ञापनको एक भिडियो सामाजिक सञ्जाल इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् । र लेखेकी छिन् स्टनिंग । उक्त भिडियोमा धेरैले बधाई दिइरहेका छन् ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०२:४०
प्रतिक्रिया दिनुहोस