सन् १८६५ मा ह’त्या गरिएका संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा लिलाम भएको छ ।
लिंकनको श’वको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ इन्च लामा टुक्राहरुको सानो मुठासँगै उनको ह’त्याका विषयमै लेखिएको टेलिग्राम पत्रको बोस्टोनमा हालै लिलामी गरिएको हो ।
उनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको सिएनएनले लेखेको छ । कपाल कसले किन्यो भन्ने खुलाइएको छैन ।
लिंकनको पोष्टमार्टमपछि उनको टाउकोबाट निकालिएका कपाल लिंकन पत्नी म्यारी टोड लिंकनका भतिजा डाक्टर लिम्यान बीचर टोडलाई दिइएको थियो ।
प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०३:४८