तनुश्रीले घटाईन् १५ के.जी तौल,पुन: बलिउडमा ब्याक हुँदै

तनुश्रीले घटाईन् १५ के.जी तौल,पुन: बलिउडमा ब्याक हुँदै

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ११:४४

अभिनेत्री तनुश्री दत्ता पुन: बलिउडमा ब्याक हुँने भएकी छिन् । आफू छिट्टै फिल्म क्षेत्रमा ब्याक हुने उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छिन् । अभिनेत्री दत्ताले इस्टाग्राममा आफ्नो सुन्दर तस्बिर शेयर गरेर लेखेकी छन् ‘केही...

अभिनेत्री तनुश्री दत्ता पुन: बलिउडमा ब्याक हुँने भएकी छिन् । आफू छिट्टै फिल्म क्षेत्रमा ब्याक हुने उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छिन् ।

अभिनेत्री दत्ताले इस्टाग्राममा आफ्नो सुन्दर तस्बिर शेयर गरेर लेखेकी छन् ‘केही पुरानो समाचार बाहिर आएको छ कि म लस एन्जलसमा आइटीको काम गरिरहेको छु । हो मैले आइटीको ट्रेनिङ गरेको थिए र युएसको सरकारको डिफेन्स सेक्टरमा राम्रो कामको अवसर पनि थियो । तर, म कलाकारको रुपमा आफ्नो करियर फेरि सुरु गर्न चाहन्छु ।’दत्ताले आफूले अभिनय करियर छोड्न नसक्ने समेत बताएकी छन् ।

‘मलाई बलिउड र मुम्बईमा केही धेरै राम्रो मानिस समेत मिलेका थिए । त्यसैले म भारत फर्किदै छु’ उनले अगाडि थपेकी छन् ‘म केही समय बस्छु र केही राम्रा प्रोजेटमा काम गर्छु ।’ उनले बलिउडबाट फिल्म तथा वेभ सिरिजका लागि काम गर्ने अफर समेत आइरहेको खुलाएकी छिन् ।

दत्ताले बलिउड कमब्याकका लागि आफूले १५ किलो वजन घटाएको समेत बताएकी छिन् ।

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ११:४४
प्रतिक्रिया दिनुहोस