बलिउड अभिनेत्री करिना कपुरले पहिलो प्रेमसम्बन्धको बारेमा खुलासा गरेकी छिन् ।उनले आफू १५ वर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् । उनले आफू बालापनमा निकै चन्चल भएको बताउँदै चन्चल भएको कारण आमाको गाली धेरै खाएको समेत खुलाइन् ।
उनले आफूले गरेका व्यवहारका कारण आमाले उनीमाथि घेराबन्दी लगाएको समेत बताइन् । करिनाका अनुसार उनी दिदी करिश्मा कपूर उनीभन्दा ठूली भएकाले उनलाई घरबाट बाहिर खुलेआम हिँड्ने अनुमति थियो ।
उनले १४ /१५ सालको उमेरमा उनलाई एक युवक निकै मन पर्यो । करिनाले उक्त युवकसँग कुराकानी गर्नका लागि आफ्नो कोठामा फोन लुकाएकी थिइन् । उनको यस व्यवहारका कारण उनकी आमा बबिता कपूर निकै रिसाइन् ।
करिनाका हर्कतका कारण उनकी आमाले उनलाई बोर्डिंग स्कुलमा भर्ना गरिदिइन् । जसका कारण उनी स्कुलमा कडा नियमकाबीच पढाई सुरु गरिन् ।
प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०४:१९