सुन्दरी रियाशा दाहालका क्यूट १८ तस्बिरमा हेर्नुहोस (फोटो फिचर )

सुन्दरी रियाशा दाहालका क्यूट १८ तस्बिरमा हेर्नुहोस (फोटो फिचर )

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १८ गते शुक्रबार ०२:१९

पछिल्लो समय मोडल रियाशा दाहालको चर्चा सामाजिक सञ्जालमा निकै भइरहेको छ । ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियाशा दाहालको जन्म भएको भन्दा समेत फरक नपर्ने रियाशाको भनाइ रहेको छ । उनी निकै प्रतिभाशाली कलाकारको रूपमा चर्चित...

पछिल्लो समय मोडल रियाशा दाहालको चर्चा सामाजिक सञ्जालमा निकै भइरहेको छ । ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियाशा दाहालको जन्म भएको भन्दा समेत फरक नपर्ने रियाशाको भनाइ रहेको छ ।

उनी निकै प्रतिभाशाली कलाकारको रूपमा चर्चित रहेकी छिन् ।कलेज नेपालको भिडिओ बनाउने यो च्यानलमा जीवेश गुरुङको जोडीको रूपमा उनलाई देखिँदै आइरहेको थियो । उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केही मनमु-टावका कारण उनीहरूको जोडी छुट्टिएको भए पनि उनको चर्चा भने कुनै कमी छैन ।

उनी पछिल्लो समय निरन्तर म्युजिक भिडिओमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडिओमा देखिएपछि उनको चर्चा निकै बढेको छ । हालै उनले म्युजिक भिडि‌ओ मार्फत लाखौँ कमाइ समेत गरिसकेकी छिन् ।हिरोइन बन्ने लक्ष्य नराखेकी रियाशा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा निकै सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन् । जहाँ उनी फुल जस्तै सुन्दर देखिएकी छन् । अहिलेको समयमा उनको चर्चा निकै भइरहेको छ र उनको नाम नेपाली चर्चित नायक पल शाहसँग प्रेममा रहेको भन्दै दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

हेरौँ उनका केही सुन्दर तस्विरहरुः






याे पनी
रातो अंगुर खानुका फाइदा के-के छन् ? जानिराखौँ

गर्मीको मौसममा रातो अंगुरले धेरैलाई आकर्षित गर्दछ । रातो अंगुर हेर्दा जति आकर्षक देखिन्छ, खाँदा उत्ति नै स्वादिलो पनि हुन्छ । यसको अमिलो तथा गुलियो स्वादकै कारण गर्मीमा सेवन गरिने विभिन्न जुसमा समेत यसको प्रयोग गरिन्छ ।

डाइटिसियनहरूका अनुसार रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिनका साथै एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसको सेवनले शरीरमा आवश्यक मात्रामा पोषणतत्व प्रदान हुनुका साथै विभिन्न रोग लाग्नबाट समेत जोगाउँछ । रातो अंगुर सेवन गर्नुका अन्य थुप्रै फाइदा छन्, जुन यसप्रकार छ :

आँखाको ज्योति बढाउँछ
रातो अंगुरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट तत्वका साथै रेस्वेराट्राल तत्व पाइन्छ । यसमा रहेको तत्वले आँखाको टिस्यूलाई अवरोध गर्ने केही एञ्जाइमको विपरीत काम गरेर त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ ।

भिटामिन ‘के’ ले भरिपूर्ण
रातो अंगुर धेरैको रोजाइमा पर्छ । रातो अंगुर हेर्दा जति आर्कषक देखिन्छ, स्वादमा पनि यो उत्तिकै मिठो तथा गुलियो हुन्छ । रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिन ‘के’ पाइन्छ । यसको सेवनले हड्डीमा क्याल्सियमको मात्रा समेत बढ्ने गर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ
कसैलाई उच्च रक्तचापको समस्या भएमा रातो अंगुरको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा पाइने पोटासियमले उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ । किनकि शरीरमा पोटासियमको मात्रा न्यून भएमा उच्च रक्तचापको समस्या निम्तने गर्छ ।

क्यान्सर हुन दिँदैन
रातो अंगुरमा पाइने रेस्वेराट्रोल तत्वकै कारण शरीरलाई क्यान्सर रोग लाग्नबाट बचाउन सकिन्छ । यसबाहेक सूर्यको हानिकारक विकिरण छालामा हुने असरबाट समेत छालालाई बचाउन सकिन्छ ।

एलर्जी भगाउँछ
रातो अंगुरले शरीरमा हुने विभिन्न एलर्जीबाट टाढा राख्छ । यसमा पाइने क्वरसेनटिन तत्वले छाला सुन्निन तथा पोल्नबाट बचाउँछ ।

डण्डीफोरबाट बचाउँछ
छाला सम्बन्धी समस्यामा रातो अंगुर निकै फाइदाजनक मानिन्छ । यसले छालालाई हानि हुनबाट जोगाउँछ । यसमा रहेको रेस्वेराट्रोल तत्वका कारण छालामा डण्डीफोर हुने सम्भावना समेत न्यून हुने गर्छ ।

मिर्गाैलाको लागि फाइदाजनक
अंगुरको सेवनले पाचन तन्त्र स्वस्थ रहनुका साथै मिर्गौलामा विकार हुनबाट जोगाउँछ । त्यसैले पनि अंगुर फल्ने मौसममा यस्ता अंगुर कम्तीमा एक पटक भए पनि सेवन गर्नैपर्छ ।

प्रतिरोधी क्षमता बढाउँछ
रातो अंगुरको सेवन गरी शरीरमा प्राकृतिक तरिकाबाटै रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

तौल घटाउँछ
रातो अंगुरमा बाहिरी बोक्रामा स्यापोनिन नामक तत्व पर्याप्त मात्रामा पाइन्छ । यसले कोलेस्ट्रोललाई जम्मा गरी रगतमा अवशोषित हुनबाट रोक्छ । यसको सेवनले मोटोपना तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०२:१९
प्रतिक्रिया दिनुहोस