उडिरहेको विमानभित्र महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा फालेपछि …

उडिरहेको विमानभित्र महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा फालेपछि …

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ११ गते शुक्रबार ०१:०६

उ'पद्रो मच्चाउनेहरू कहाँ हुँदैनन् ? उडिरहेको विमानभित्र एक महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा उडाएको घटना अमेरिकाबाट सार्वजनिक भएको छ । अमेरिकाको फ्लोरिडामा जहाजभित्र चुरोट सल्काएर धुवा उडाएपछि विमानभित्र बबाल...

उ’पद्रो मच्चाउनेहरू कहाँ हुँदैनन् ? उडिरहेको विमानभित्र एक महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा उडाएको घटना अमेरिकाबाट सार्वजनिक भएको छ ।

अमेरिकाको फ्लोरिडामा जहाजभित्र चुरोट सल्काएर धुवा उडाएपछि विमानभित्र बबाल मच्चिएको थियो । पछि प्रहरी बोलाएर ती महिलालाई बाहिर निकालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हवाइ यात्रुमाथि खराब व्यवहार गरेको आ’रोपमा प्रहरीले ती महिलालाई प’क्राउ गरेको छ ।

विमानमा यात्रा गरिरहेकी अर्की महिला यात्री ३१ वर्षीया एलेक्सा मजदालावीले ती महिला यात्रुले विमानभित्र चुरोट सल्काएर अन्य यात्रुमाथि उपद्रो गरेको आ’रोप लगाइन् ।
एजेन्सी

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०१:०६
प्रतिक्रिया दिनुहोस