नङ छिटो भाँचिने तथा टुक्रिने समस्या छ ? सावधान ! हुनसक्छ गम्भिर रोगको संकेत

नङ छिटो भाँचिने तथा टुक्रिने समस्या छ ? सावधान ! हुनसक्छ गम्भिर रोगको संकेत

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १७ गते बुधबार ०१:१८

काठमाडौँ । के तपाईंलाई थाहा छ ? हात, खुट्टाका नङहरुको रंगले पनि तपाईंको शारीरिक एवं मानसिक स्वास्थ्यको बारेमा जानकारी दिन सक्छन् । नङको काम हात-खुट्टाका औंलाहरुको सौन्दर्य बढाउनु मात्र होइन । यसले शरीरभित्र गुप्तरुपमा रहेका विभिन्न...

काठमाडौँ । के तपाईंलाई थाहा छ ? हात, खुट्टाका नङहरुको रंगले पनि तपाईंको शारीरिक एवं मानसिक स्वास्थ्यको बारेमा जानकारी दिन सक्छन् ।

नङको काम हात-खुट्टाका औंलाहरुको सौन्दर्य बढाउनु मात्र होइन । यसले शरीरभित्र गुप्तरुपमा रहेका विभिन्न रोगहरुको बारेमा पनि संकेत समेत दिने गर्दछ।

शरीरभित्र कुनै अगं–प्रत्यगंमा के कस्तो किसिमको खराबी (रोग) छ, या हुने संभावना छ भनेर नङले आफ्नो आकार, प्रकार, रगंपरिवर्तन, पातलो(मोटो खस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदि जस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ।

आयर्वेदिक, होमियोप्याथिक, युनानी चिकित्सा पद्दतिहरुमा बिरामिको नङको रंग परिवर्तन हुनुलाई विशेष महत्व दिईन्छ।

नङले स्वास्थ्यको कुन रहस्य प्रकट गर्दछ, स्वस्थ्य नङ चिल्लो र दाग-धब्बारहित हुन्छ । नङको रगं र आकार एकनासको हुन्छ।

१) चाँडै भाँचिने, चर्केको, सुख्खा तथा छिटो झर्ने खालको नङले थाइरोइड हार्मोन्स असन्तुलनको संकेत गर्दछ।

२) नङ चिरिएको छ, रगं पहेंलो छ भने सम्भवतः फंगल (ढुस्सी) इनफेक्शन को कारण हुनसक्छ।

३) नङको मुनितिर कुनै गहिरो रगंको धरसो छ भने यसले कुनै गम्भिर रोग छ वा हुने तर्फ संकेत गर्दछ । जतिसक्दो चाँडै परिक्षण गराउनुपर्छ । यो लक्षणले छालाको केन्सर भएको संकेत दिन्छ ।

४) नङको रगं निलो हुन थाल्यो भने आस्थमा, तथा मुटु रोगको संकेत हो ।

५) नङको पहेंलो रगंमा परिवर्तन हुनु केन्सर जस्तो घातक रोगको संकेत हुनसक्छ।

६) घडिको शिशा आकारको नङ टि.बी.फोक्सोको टियुमर, मुटुको परानो रोगको संकेत दिन्छ।

७) चम्चा आकारको नङले सिफिलिस, छाला सम्बन्धी रोगको तथा मानसिक समस्या छ भन्ने कुराको संकेत दिन्छ।

८) नङमा डाँडाको टुप्पो जस्तो खस्रो धरसो देखिन्छ भने यो वशांनुगत रोगको संकेत हो। यसबाट अर्थराईटिस, कोलाईटिस, जस्तो रोग छ या हुनेसक्ने सम्भावना तर्फ संकेत गर्दछ।

९) नङको रगं आधा गुलाबि र आधी सेतो देखिन्छ भने मधुमेह रोग तर्फ संकेत गर्दछ।

१०) एकदमै सेतो नङले एनिमिया, डायबिटिज या लिभर सम्बन्धि कुनै रोग छ या हुने तर्फ संकेत दिन्छ।

प्रकाशित मिति २०७७ मङ्सिर १७ गते बुधबार ०१:१८
प्रतिक्रिया दिनुहोस