आज २०८१ साल कात्तिक २४ गते शनिबारको राशिफल

आज २०८१ साल कात्तिक २४ गते शनिबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ कार्तिक २४ गते शनिवार ०१:१४

काठमाडौं – आज २०८१ साल कात्तिक २४ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर ९ तारिख। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। विश्व स्वतन्त्रता दिवस। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

काठमाडौं – आज २०८१ साल कात्तिक २४ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर ९ तारिख। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। विश्व स्वतन्त्रता दिवस। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : मन अशान्त हुनसक्छ। परिवारका कारणले मनमा चिन्ता थपिने छ। बाहिरी कारणले निराशा बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुनेछ।

वृष : आफ्न्त टाढिने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तर्क गर्नु भन्दा महत्त्वपूर्ण विषयमा केन्द्रित हुनु राम्रो हुनेछ।

मिथुन : आफन्तसँगको सम्बन्ध दरिलो बनाउने प्रयास गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्रबाट उत्साह मिल्नेछ।

कर्कट : यात्रा कष्टकर हुने भएकाले यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम गर्ने उचित समय आएको छ।

सिंह : परिवारको कारणले मन अशान्त हुनसक्छ। संयुक्त लगानी भए मात्र व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको मन रमाउने योग छ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : मन शान्त बन्नेछ। परिवारले राम्रो साथ दिनेछन्। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विपक्षी शान्त भएकाले राम्रो काम गर्ने अवसर आएको छ। परिवारले राम्रो साथ दिनेछन्। परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ।

तुला : मन अशान्त बन्नेछ। आफन्तसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु राम्रो हुनेछ। खाने समयमा हुने विवादले घाटा हुनेछ। दीर्घकालीन रोगबाट मुक्त हुने योग छ।

वृश्चिक : कठिन ठानेको कुरा सहजै बन्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। अनावश्यक यात्रामा जाने तयारी गरेको भए सचेत बन्नु राम्रो हुनेछ। औषधी खानपानमा समस्या हुँदा रोगले सताउने जोखिम छ।

मकर : तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा हरेक पाइलामा सफलता मिल्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : तपाईंको काममा अवरोध हुनसक्छ। मनमा अशान्तिले बास गर्ने जोखिम देखिन्छ। बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ। परिवाको साथ र सहयोगले महत्त्वपूर्ण काम सहजै बन्नेछ।

मीन : व्यवसायमा सोचेको जस्तो प्रगति नहुने जोखिम छ। राज्यको तर्फबाट भय बढ्नेछ। शुभग्रहको बहुमत भएकाले परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति २०८१ कार्तिक २४ गते शनिवार ०१:१४
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७