किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ?

किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ?

सञ्चार बाणी

@SancharBani

२०८० माघ २२ गते सोमबार ०३:४१

मयूरको प्वाँखलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र मान्छन् । यो निकै सुन्दर पनि देखिन्छ । हिन्दु धर्म अनुसार मयूरको प्वाँख भगवान् श्रीकृष्णले आफ्नो शिरमा लगाउने गर्दथे । यो भगवान् विष्णु र देवी लक्ष्मीलाई समेत प्रिय मानिन्छ । साथै...

मयूरको प्वाँखलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र मान्छन् । यो निकै सुन्दर पनि देखिन्छ । हिन्दु धर्म अनुसार मयूरको प्वाँख भगवान् श्रीकृष्णले आफ्नो शिरमा लगाउने गर्दथे । यो भगवान् विष्णु र देवी लक्ष्मीलाई समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत प्रिय मानिन्छ । यति मात्र होइन भगवान् कार्तिकेयको वाहन पनि मयुर नै हो ।

मयूरको प्वाँख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मिक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ ।

मयूरको प्वाँखलाई पुस्तकमा राख्ने चलन गुरुआश्रमदेखि चलिआएको अनुमान गरिन्छ। यो अहिले पनि निरन्तर नै चलिआएको छ । देवी सरस्वतीलाई समेत प्रिय मयूरको प्वाँख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा राखेमा बालबालिकालाई पढाइमा रुचि बढ्ने मान्यता छ ।

कुनै कारणले किताबबाट मयूरको प्वाँख खसेको छ भने त्यसलाई शुद्ध पानीले धोएर मात्र किताबमा राख्नु पर्छ । किताबमा मयूरको प्वाँख राख्नाले पढाइमा बाधाहरू हट्छ ।

पढाइमा अगाडि बढ्न नदिने नकारात्मक ऊर्जा नष्ट हुन्छ भन्ने मान्यता रहेको छ । यस्तै किताबमा मयूरको प्वाँख राखे मुसाले किताब काट्दैन भन्ने पुरानो मान्यता पनि छ ।

प्रकाशित मिति २०८० माघ २२ गते सोमबार ०३:४१
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७