यसमा द्विविधा नै छैन कि, सुखी र खुशी पारिवारिक माहोलका लागि घरको वातावरण पनि सुन्दर र सकारात्मक उर्जा आउने प्रकारको हुनुपर्छ । तपाईंको घरभित्र पनि त्यस्ता चिजहरु हुन सक्छन्, जसले बारम्बार अशान्ति, अबरोध, असहजता र नकारात्मक ऊर्जा मार्फत तपाईंको पारिवारिक रमझमलाई खलबल्याइरहेको हुनसक्छ । के हुन् सक्छन् ती चिजहरू?
ब्याट्री सकिएको वा नचल्ने घडी, साथै वास्तविक समय भन्दा ढिलो भएको घडी घरमा राख्नु हुँदैन। यसले तपाईंको घर परिवारका कामहरुमा रोकावट र ढिलाइ हुने, तथा तपाईंको समय नै रोकिएको संकेत पनि दिन्छ ।
घरमा झ्याल-ढोकाका सिसाहरु टुटेफुटेका छन् भने तुरुन्त हटाउनु पर्छ, किनकि यसले दृष्टिमा नराम्रो प्रभाव पार्दछ । घरमा खाट, दराज, टेबल, सोफाजस्ता फर्निचरका सामानहरु भाँचिएका वा बिग्रिएका छन् भने तुरुन्त हटाउनु पर्दछ, यसले पनि घरमा असहजता उत्पन्न गराउन सक्छ । घरमा चर्किएको ऐना राख्नु र यसको प्रयोग गर्नु पनि अशुभ नै मानिन्छ ।
घरमा टुटेफुटेका भाँडाहरु, चर्किएका वा फुटेका सिसाका गिलास तथा अन्य सामानहरू पनि राख्नु र प्रयोग गर्नुहुँदैन । यसले तपाईंको दिमागमा असन्तुलन पैदा गर्छ र घरमा वास्तु दोष उत्पन्न हुनसक्छ । साथै, यसले लक्ष्मीको आगमन समेत हुन दिँदैन । घरभित्र काँडा भएका बिरुवाहरु वा चोप निस्कने खालका बिरुवाहरू रोप्नु हुँदैन । यसले घरभित्र विभिन्न किसिमका नकारात्मक कुराहरु जस्तै झै-झगडा, अशान्ति आदि फैलाउन
सक्छ ।
घर सजावटका फोटोहरु टाँस्दा लडाई, झगडा, युद्ध, भूतप्रेत आदिका तस्वीरहरु अर्थात् विषालु जंगली जनावरहरूका फोटो राख्नु हुँदैन । घरमा बारम्बार यी चित्रहरूहरु देख्दा तपाईंको दिमागमा धेरै नै नकारात्मक सोच विचारहरु आउन सक्छन् ।
यसैगरी घरको कुनै पनि कुनामा माकुराको जालो छ भने तत्काल सफा गर्नु पर्दछ। यसले घरको शुभ काममा बारम्बार बाधा-व्यवधान ल्याउन सक्छ ।
च्यातिएको छालाको जुत्ता चप्पलले पनि घरमा नकारात्मक उर्जाहरुलाई प्रवेश गराउँदछ।
आज हामीले Items that bring negative energy inside the house को बारेमा जानकारी दियौं ।यस विषयमा अन्य जानकारी आवश्यक भएमा अनुभवी इन्जिनियरहरु तथा निर्माण साथीसँग पनि सम्पर्क गरी जानकारी लिन सक्नुहुन्छ ।
प्रकाशित मिति २०८० माघ ६ गते शनिवार ०२:५२