६० सालका भिनाजुसँग अवैध सम्बन्ध बनाइरहेकी श्रीमतीलाई श्रीमानले रंगेहात पक्राउ गरेपछि…

६० सालका भिनाजुसँग अवैध सम्बन्ध बनाइरहेकी श्रीमतीलाई श्रीमानले रंगेहात पक्राउ गरेपछि…

सञ्चार बाणी

@SancharBani

२०८० पुस ३ गते मङ्गलबार ०६:२६

काठमाडौँ । ६० सालका भिनाजुसँग अवैध सम्बन्ध बनाइरहेकी श्रीमतीलाई श्रीमानले रंगेहात पक्राउ गरेपछि एक दम्पत्तिको सम्बन्ध चिसिएको छ। पत्नीलाई आपत्तिजनक अवस्थामा फेला पारेका श्रीमानले विशेषज्ञसँग सम्बन्ध सुधारका लागि के गर्नुपर्छ...

काठमाडौँ । ६० सालका भिनाजुसँग अवैध सम्बन्ध बनाइरहेकी श्रीमतीलाई श्रीमानले रंगेहात पक्राउ गरेपछि एक दम्पत्तिको सम्बन्ध चिसिएको छ। पत्नीलाई आपत्तिजनक अवस्थामा फेला पारेका श्रीमानले विशेषज्ञसँग सम्बन्ध सुधारका लागि के गर्नुपर्छ भनेर सुझाव मागेका छन्। आउनुहोस् हेरौँ के छ त ती व्यक्तिको प्रश्न र विशेषज्ञको सुझावः

प्रश्नः म ५६ सालको एक विवाहित पुरुष हुँ। मेरी पत्नीको उमेर पनि मेरै आसपास रहेको छ। हामी दुबैले प्रेम विवाह गरेका थियौँ । हाम्री एक छोरी मात्र छिन्। जसको विवाह भइसकेको छ। अहिलेसम्म हाम्रो वैवाहिक जीवन राम्रै चलेको थियो । अचानक मलाई मेरो पत्नीको अफेयरको बारेमा थाहा भयो । मेरी पत्नीको चक्कर उसकै काकाकी छोरी अर्थात दिदीका पतिसँग चलिरहेको थियो ।

ती दुबैलाई मैले सम्बन्ध बनाइरहेका बेला आपत्तिजन अवस्थामा फेला पारेको थियो । जब म रिसले चुर हुँदै पत्नीलाई सोधपुछ गर्दा उसले बिगत ४ वर्षदेखि आफ्नो सम्बन्ध भिनाजुसँग रहेको बताइन्। जब मैले उसका भिनाजुसँग यस बारेमा कुरा गर्न खोजे, तब पत्नीले नै मलाई दोषी देखाइन।

उनले रुदै मलाई दोष लगाएर भनिन्, तिम्रो व्यवहार निकै खराब छ। तिमी निकै रिसाह छौँ । तिम्रो रक्सी पिउने बानी छ। त्यही कारण म भिनाजुसँग सम्बन्ध बनाउन पुगे।

तर यी सबै आरोप झुटा हुन्। वास्तवमा मेरो रक्सी पिउने बानी छैन्। सानो सानो कुरामा रिस भने उठ्छ । तर म हिंस्रक भने हैन्। म आफ्नी पत्नीसँग निकै प्रेम गर्छु।

यस घटनापछि मैले उसलाई सम्बन्ध विच्छेद दिने कुरा गरे । डिभोर्सको कुरा सुनेपछि उसले यस्तो नगर्न र भिनाजुसँग सबै सम्बन्ध तोड्ने कुरा गरिन्। उसको कुरामा मैले उसलाई माफी पनि गरे । यो सबै घटना भएको ४ महिना भइसकेको छ। हामी दुबै एक साथ छौँ । तर समस्या यो हो नी मैले उक्त घटनालाई अहिलेसम्म भूल्न सकेको छैन्।

मैले सोच्छु की विगत ४ वर्षसम्म उनीहरुबीच के के भयो होला । यो सोचले मेरो मानसिक शान्ति भंग गरिएको छ। मैले यस बारेमा कसैलाई पनि केही बताएको छैन्। मलाई थाहा छैन की म कसरी आफ्नो बिचारलाई नियन्त्रण गरौँ ? के म पत्नीसँग सम्बन्ध विच्छेद गरौँ ? वा फेरि सबै कुरा पहिलेजस्तै हुन सक्ला ?

विशेषज्ञको जवाफ
फोर्टिस मेन्टल एण्ड बिहेब्यरल डिपार्टमेन्टकी हेड कामना छिब्बरको सुझाव छ, जुन अवस्थामा तपाई हुनुहुन्छ, त्यहाँ हरेक पल भावनाको तुफान आउनु स्वभाविक हो । यो यस्तो विषय हो,जसका बारेमा हामी धेरै अरु व्यक्तिसँग कुरा पनि गर्न सक्दैनौँ । तर पनि म तपाईलाई यही सल्लाह दिन चाहन्छु की तपाई पुरानो यादबाट आफूलाई बाहिर निकाल्नुहोस्।

तपाईले फेरि आफ्नीसँग एक पटक विश्वास गर्नु पर्ने हुन्छ। तपाईले आफूभित्र स्थिरता ल्याउन निकै आवश्यक छ। आफूलाई यस्तो कुराबाट जतिसक्यो चाडो बाहिर निकाल्नुहुन्छ उति नै राम्रो हुनेछ।
सम्बन्ध बलियो बनाउन समय लाग्न सक्छ

म राम्रोसँग बुझ्न सक्छु की हरेक सम्बन्धलाई बनाउन समय लाग्छ। यस सम्बन्धलाई बनाउन तपाईले पनि अमूल्य समय लगाउनु पर्ने हुन्छ। तपाईलाई तपाईकी पत्नीले धोका दिइरहेको कुरा थाहा पाउँदा फेरि उनलाई विश्वास गर्न मुस्किल पर्न सक्छ। तर तपाईकी पत्नीलाई आफूले गरेको गल्ती महशुस भएको पनि हुनसक्छ।

उनी आफैले पनि यस बारेमा असजिलो महसुश गरिरहेकी हुनसक्छिन्। यस्तो अवस्थामा सबैभन्दा राम्रो आफ्नो आफ्नो विचारलाई नियन्त्रणमा लिएर सम्बन्धलाई पहिले जस्तै बनाउने प्रयास गर्नु सबैभन्दा उत्तम हुन्छ। जसका लागि केही लामो समय लाग्न सक्छ।

आफ्नो इमोशनलाई नदबाउनुहोस्
आफ्नी पत्नीलाई दिमागले त माफ गरिसक्नु भयो तर दिलबाट अझै उक्त गल्तीलाई भुल्न सक्नुभएको छैन्। यस्तो अवस्थामा तपाईले आफ्नो इमोशनलाई नदबाउनुहोस् ताकी खुलेर डिस्कस गर्नुहोस् । किनकी तपाई पति आफ्नो फिलिङ्क्सलाई बाहिर निकाल्नुहुन्छ त्यतिनै तपाईलाई हल्का महशुस हुनेछ। जो भयो त्यो भइसक्यो।

तपाईकी पत्नीले पनि आफ्नो गल्ती स्वकारीसक्नु भएको छ। यस्तो अवस्थामा तपाईको यो कर्तव्य हुन्छ की तपाई दुबै मिलेर ती समस्याको हल गर्नुहोस् र सम्बन्धलाई फेरि अर्को मौका दिनुहोस्। यसैमा तपाईको भलाई हुनेछ।
व भारत टाइम्सबाट नेपालीमा अनुवाद गरिएको सामाग्री

प्रकाशित मिति २०८० पुस ३ गते मङ्गलबार ०६:२६
प्रतिक्रिया दिनुहोस