एजेन्सी । सुन्दा पनि अचम्म लागेको होला । चोर प’क्रिने राज्यको जिम्मेवारी पाएको प्रहरीले नै चोरलाई समेत लु’ट्यो । हो चोरहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अ’भियोगमा उत्तर प्रदेशको फिरोजाबादमा चार प्रहरी प’क्राउ परेका छन् ।
फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता गलत ह’र्कतले समाजमा निकै गलत सन्देश जाने बताए । ‘यस्ता प्रहरीलाई क’डा का’रबाहीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी माफियासँग घुस लिएको आ’रोपमा चारजना पुलिसकर्मीलाई निलम्बित गरेका थियौं र उनीहरुविरुद्ध मु’द्दा पनि चलाएका थियौं ।’
के भएको थियो ?
१५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोबाट १० हजार रुपैयाँ चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट का’टेर पैसा निकालेका थिए । पीडित गौरव जब घर पुगे, तब उनले आफ्नो पैसा चोरी भएको पत्तो पाए । त्यसपछि उनले रसूलपुर थानामा जानकारी दिए ।
यो पुरै घटनाक्रम सीसीटिभीमा पनि कैद थियो । एसएसपी अशोककुमारका अनुसार चोरहरूले अटोबाट पैसा निकाल्दै गरेको स्पष्टै देखिन्थ्यो । ‘हामीले पुरै जिल्लामा अलर्ट जारी गरेका थियौं र नाकाबन्दी गरेर चेकजाँच थाल्यो ।’
१८ अक्टोबरमा चोरीमा संलग्न दुई जना प’क्राउ परे । ‘जब चोरलाई हामीले सोध्यौं, तब उनीहरुले दरोगाजीले पैसा हामीबाट लगे भनेर जवाफ दिए ।’
अ’नुसन्धानका क्रममा थाहा भयो कि एसआई सुनिल चन्द र उनको टिमले चोरहरुसँग चोरीको पैसा लिएर उनीहरुलाई सीमा क’टाएका थिए । यी प्रहरीहरूले चोरको गाडीलाई स्कर्टिङ गर्दै फिरोजाबादको सीमा पार गराएका थिए ।
चोरलाई लु’ट्ने प्रहरी टिम अहिले जे’लमा छ । र, लु’टिएको पैसा पनि प्रहरीले ब’रामद गरेको छ । पक्राउ पर्ने चार पुलिसकर्मीमा एक एसआई, दुई सिपाही र एक पुलिस जीपका ड्राइभर छन् ।
प्रकाशित मिति २०७८ कार्तिक १२ गते शुक्रबार १२:०६