जसलाई आफ्नै भिनाजुले अविवाहित आमा बनाए

जसलाई आफ्नै भिनाजुले अविवाहित आमा बनाए

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ९ गते मङ्गलबार ०३:२६

मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन्। जन्मिने बित्तिकै छोराको चि’च्याहटले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान जन्मिएपछि हरेक बाबु आमाले उनीहरुसँग जोडेर आफ्नो भविष्य देख्छन्।...

मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन्। जन्मिने बित्तिकै छोराको चि’च्याहटले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान जन्मिएपछि हरेक बाबु आमाले उनीहरुसँग जोडेर आफ्नो भविष्य देख्छन्। तर उनले देखेको भविष्य र चिन्ता सामान्य मानिसको भन्दा धेरै फरक थियो। किनकी उनी एक अविवाहित किशोरी आमा बनेकी थिइन्।

अझ त्यसमा पनि उनले जन्माएको बच्चाको बुवा आफ्नै दिदीको श्रीमान थिए। जो बच्चा जन्मनुअघि नै जे’लको पर्खालभित्र कै’द हुन पुगिसकेका थिए। निम्न आयस्तर भएको परिवारमा हुर्किएकी उनले कक्षा ५ सम्म मात्रै अध्ययन गरेकी छन्। घरको कामकाजमा आमालाई सघाउनु पर्ने भएपछि उनले पढाई नै छोडेको थिइन्।

पढाई छोडेर मेलापातमा जाने गरेकी उनले अन्जानमा नै ठुलो बुवाको छोरी अर्थात् उनको दिदीको श्रीमानसँग यौ’ ‘न स’म्ब’न्ध रा’ख्न पुगिन्। त्यतिबेला उनलाई यो सम्बन्धले उनको जीवनको बाटो कतातिर पुग्छ भन्ने थाहा थिएन। सुरु सुरुमा त उनले भिनाजुलाई बेवास्ता नगरेकी पनि होइनन्। तर अल्लारे उमेरमा रहेकी उनी आफ्नो भिनाजुको माया जालमा परिन्।

उनको र भिनाजुको सम्बन्ध त्यतिबेला मात्रै बाहिर आयो जतिबेला उनको पेटमा रहेको बच्चा सबैले बाहिरैबाट प्रस्ट देख्न सक्थे। विवाह र आमा बन्ने उमेर नपुगेकी उनी भिनाजुको सन्तानको आमा बन्न लागेको थाहा पाएपछि गाउँभरी चर्चा भयो।

‘गाउँलेले यति सानै उमेरमा आमा बन्न लागेको रहिछिन्। यो त ठिक होइन , प्रहरीकोमा गएर मु’द्दा हाल्नु भनेर मेरो दाइलाई उक्साए । मलाई भने मु’द्दा हाल्न मन नै थिएन तर दाइले ज’वर’ज’स्ती गरेपछि मैले गएर आफ्नो बच्चाको बा’उविरु’द्ध मु’द्दा हाल्न बा’ध्य भए ,’उनले भनिन्।

मु’द्दा हाल्नेबित्तिकै उनको बच्चाको बुवा रहेका भिनाजु जेलमा पर्छन् भन्ने पनि आफूले नबुझेको उनी बताउँछिन्। उनलाई आफू सानै उमेरमा अविवाहित आमा बनेको भन्दा पनि बच्चाको बुवा जे’लमा पुगेकोमा पश्चताप छ।

विवाह नै नभई आफ्नै भिनाजुको ग’र्भ बोकेको कुरा बाहिर आएपछि उनले त्यो ९ महिना र सुत्केरी भएपछिको दुई हप्ता कसरी का’टेकी छन् भन्ने कुरा बताउँदा उनको आँखा रसाउँछन्। ‘छरछिमेक र गाउँले सबै टाढा भए। त जस्तो बिग्रेको केटी हाम्रो घर नआउनु हामी पनि आउँदैनौ भन्छन्। त्यति मात्रै होइन मेरो आफ्नै दिदीहरूले पनि बोलचाल र भेटघाट बन्छ गरेका छन् ,’उनले गुनासो गरिन्।

यतिमा नै उनको दुःखको भेल रोकिएन। उनको दुःखले त्यतिबेला सिमा पार गर्यो जतिबेला उनको बुवाले उनकै कारण देहत्या’ग गरे। अविवाहित छोरीले अर्को छोरीको श्रीमानको ग’र्भ बोकेको थाहा पाएका उनको बुवाले यो दुःख सहन सकेनन् र एक महिनाअघि देहत्या’ग गरेको उनी बताउँछिन्।

‘यो कुरा बाहिर आएपछि बुवा दुखी त हुनुहुन्थ्यो तर पनि बुवाले दुईजना छोरीहरू मिलेर बस भन्नु भएको थियो। तर दाइले मान्नु भएन र मु’द्दा हालेपछि भिनाजु जे’ल पर्नुभयो। भिनाजु जे’लमा परेपछि छोरीको जिन्दगी ब’र्बाद भयो भनेर बुवाले वि’ ‘ष से’व’न गरेर देहत्या गर्नुभयो,’उनले भनिन्। बुवाले पनि उनकै कारण मृ’त्युको बाटो रोजेपछि उनलाई आफ्नै घरबाट हे’ला र दु’व्य’र्व’हा’र हुन थाले।

अहिले उनी तीनै दिदीको घरमा बसिरहेकी छन्, जसको श्रीमानको बच्चालाई उनले जन्म दिएकी थिइन्। माइतीमा आफ्नै दिदी,दाई भाउजु र छिमेकीबाट हे’ला भएपछि उनी अहिले भिनाजुकै घरमा आएर बसेकी छन्। तर दिदीले उनलाई मिलेर भिनाजुलाई बाहिर निकाल्ने र मिलेर सधै सँगै बस्ने बताइरहेको उनी बताउँछिन्।

उनी आफै पनि भिनाजुलाई बाहिर निकाल्न चाहन्छिन् तर भिनाजु पुर्पक्षको लागि जे’ल चलान भइसकेको हुँदा निकाल्न सम्भव नभएको उनको भनाइ छ। ‘मेरो बच्चाको बुवा को हो भनेर देखाउ म? जन्म दर्ता बनाउन गएको पनि बन्दैन भने। अब उहाँलाई जे’लमा नै राखेर यो छोरालाई कसले हुर्काउँछ?,’उनले प्रश्न गरिन्। यतिबेला उनको छोरा बिरामी छ। ज्वरो आउने, ज्या’न भरी ख’टिरा आउने जस्तो समस्या देखिएको युवती बताउँछिन्।

सानै उमेरमा ग’र्भधारण गरेकी उनले न ग’र्भावस्थामा पोसिलो खानेकुरा खान पाइन् न त सुत्केरी अवस्थामा। आम्दानीको बाटो नभएकोले उनले राम्रोसँग खान र बच्चालाई उपचार गराउनसमेत नसकेको बताएकी छन्। सिर्जना नेपालले थाहा खबरमा लेखेको यो समाचार हामीले साभार गरेका हौ ।

प्रकाशित मिति २०७८ कार्तिक ९ गते मङ्गलबार ०३:२६
प्रतिक्रिया दिनुहोस