एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको विषयमा उनका भाइ अरबाज खानले गरेको सनसनीपूर्ण खुलासा निकै चर्चामा छ । करण जौहरको शो कफी विथ करणमा अरबाजले यस्तो खुलासा गरेका थिए । करणको शोको छैटौं सिजन सुरु हुने तयारी चलिरहँदा सलमानको यो विषयले चर्चा पाएको हो ।

‘कफी विथ करण’को पाँचौ सिजनको एक कार्यक्रममा सलमानका भाइ अरबाजले सलमान यौ’नबिना बाँच्न नसक्ने बताएका थिए ।
कार्यक्रमको र्यापिड फायर राउण्डमा करणले ‘त्यो को हो जसलाई एक महिना बिना यौ’न बस्नुपर्ने च्यालेन्ज दिइयो भने स्वीकार गर्दैन ?’ भनेर सोधेका थिए । जवाफमा अरबाजले सलमानको नाम लिएका थिए । अरबाजको जवाफ सुनेर सलमानले हाँस्दै ‘ए के भनेको त्यस्तो ?’ भनेका थिए । न्यूजअभियानबाट
प्रकाशित मिति २०७८ असोज २२ गते शुक्रबार ०६:४४