फोन नेटवर्कको लागि अग्लो डाँडा उक्लन बाध्य छन् हुम्लाबासी

फोन नेटवर्कको लागि अग्लो डाँडा उक्लन बाध्य छन् हुम्लाबासी

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २२ गते शुक्रबार ०४:२२

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ। लामो समयदेखि टारवमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन्। अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू...

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ। लामो समयदेखि टारवमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन्।

अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू डाँडाकाँडा धाउन बाध्य भएका छन्।

नेपाल टेलिकमले राखेका दुईवटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राहीले डाँडाकाँडा धाउन बाध्य भएका हुन्।

केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोखे।

अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावरहरू मर्मत गरिएको थियो। तर, यसवर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए।

हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनले बताए। टावरबाट फोर जि सेवा विस्तार गर्न लागेकोले नेटवर्कमा समस्या देखिएको नेपाल टेलकिमले जनाएको छ।

यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयले घण्टौँ हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन्।

प्रकाशित मिति २०७८ असोज २२ गते शुक्रबार ०४:२२
प्रतिक्रिया दिनुहोस