एजेन्सी : ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्ष देखि निकै सुन्दर वैवाहिक जीवन बिताइ रहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर गुरु बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् ।
यसै कारण थुप्रै पटक अभिषेक बच्चन लाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिना अघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो ।
यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभिषेकले जवाफ फर्काएका थिए ।
वास्तवमा द बिग बुलको ट्रेलरमा कमेन्ट गर्दै एक व्यक्तिले लेखे, ‘तिमी कुनै पनि काममा राम्रो छैनौ साथी । तिम्रो एकमात्रै चिज छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती । हुन त तिमी यसको पनि लायक थिएनौ ।’
यी व्यक्तिको कमेन्ट देखेर अभिषेक बच्चन असाध्यै रिसाए । उनले पनि आफ्नै शैलीमा उनलाई जवाफ फर्काए ।अभिषेक बच्चनले जवाफमा लेखेका थिए – तर म यो थाहा पाउन आतुर छु कि तपाईंले कसको बारे कुरा गरिरहनु भएको छ ?
प्रकाशित मिति २०७८ असोज २० गते बुधबार ०२:१०