यौ’न ध’न्दामा लगाइएका पाँच किशोरीको उद्धार

यौ’न ध’न्दामा लगाइएका पाँच किशोरीको उद्धार

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार १२:५५

काठमाडौं : काठमाडौंको मूलपानी तिवारी टोलमा जब'रजस्ती यौ'न ध'न्दामा लगाइएका पाँच जना किशोरीको माइती नेपाल, केन्द्रीय अनुसन्धान ब्यु'रो र गौशला प्रहरीले उद्धार गरेको छ। १६ देखि १९ वर्ष उमेरसमूहका ती किशोरीलाई आइतबार उद्धार गरिएको...

काठमाडौं : काठमाडौंको मूलपानी तिवारी टोलमा जब’रजस्ती यौ’न ध’न्दामा लगाइएका पाँच जना किशोरीको माइती नेपाल, केन्द्रीय अनुसन्धान ब्यु’रो र गौशला प्रहरीले उद्धार गरेको छ। १६ देखि १९ वर्ष उमेरसमूहका ती किशोरीलाई आइतबार उद्धार गरिएको माइती नेपालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले सहरी क्षेत्रमा आन्तरिक बेचबिखनसँगै दे’ह व्यापार बढिरहेकाले यसविरुद्ध सरकारले ठोस नीति निर्माण गर्नुपर्ने बताए।

पी’डित किशोरीले आ’रोपित ४० वर्षीया सीता गोतामे र उनका श्रीमान ३३ वर्षीय रामशरण गोतामे विरुद्ध जा’हेरी दिएका हुन्। सीता र उनका श्रीमानले मिलेर आफ्नै घरमा कोठी संचालन गर्दै आफूहरुमाथि यौ’न शो’षण गर्दै आएको पि’डित किशोरीले बताएका छन्।

पी’डितमध्येकी १६ वर्षीया एक किशोरीले सीताले नयाँ पुरुषलाई बोलाएर कोठामा जान लगाउने गरेको बताइन्। सपनामा नकमाएको पैसा कामाउँछेस् भन्दै प्र’लोभन देखाउने र यो काम गर्दिनँ भन्दा डर र धम्की’ देखाउने गरेको उनले सुनाइन्। उनले पाँच कक्षासम्म पढेकी छन्। विवाह भएको दुई वर्ष भएको बताउने उनको ११ महिनाको बच्चा पनि छ। उनलाई श्रीमानले छाडेको करिव ५ महिना भयो र अहिले उनीसँग सम्पर्क छैन।

१९ वर्षीया अर्की किशोरीले आफूलाई सीताले पहिले आफ्नै छोरी जस्तो गरेर बच्चा हेर्न र भाँडा माज्न लगाएको र पछि गएर यौ’न ध’न्दामा लगाएको बताइन्। सीताले आफ्नै घरमा सञ्चलान गरेको कोठीमा ग्राहकलाई फोन सम्पर्क गरेर बोलाएर उनीहरुलाई र’क्सी बियर खुवाउने गरेको र त्यस्ता ३ देखि ४ जना ग्राहकसँग सम्पर्क राख्न लगाउने गु”नासो गरिन्।

ग्राहकले दिएको पैसा सीता आफैँ राख्थिन्। तर आफूहरुलाई जम्मा दुई, तीन सय दिने गरेको उनले बताइन्। कोठा भाडा चार हजार भएकाले त्यही तिर्न समेत नपुग्ने गरेको उनले सुनाइन्। ‘बाहिर जान खोज्दा समयमा आउनु भन्थिन्। नत्र तलाई मार्छु भन्थिन्। अरु ठाउँ डेरा सर्न खोज्दा खाएको बसेको ऋण देखाउँथिन्।’

यी पाँच जना पी’डित सीताको घरको छुट्टा छुट्टै कोठामा बस्थे। सीताको घर ४ वटा रहेको र बाँकी दुई वटा पनि बन्दै गरेको उनीहरुले बताए। किशोरीहरुलाई ग्राहकले दिएको पैसाको हिसाब गडबढ गराउने, रासनमा कटाउने, ऋण देखाउने, बाहिर जान नदिने, ग्राकलाई मिसकल हानेर बोलाउन लगाउने गरेको उनीहरुको गु’नासो छ।

यही विषयमा प्रहरीले जानकारी पाएपछि उनी तीन महिना जे’ल बसेर छुटेको पनि पीडित किशोरीले बताए।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार १२:५५
प्रतिक्रिया दिनुहोस