पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना प’क्राउ

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना प’क्राउ

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार ११:२४

काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएकाे छ। उनकाे विवासमा चाेरी गरेकाे आ'रोपमा त्यहाँ काम गर्ने कामदार पक्राउ परेका छन्। पोखराको लेकासाइडस्थित बुलउँदीमा भाडामा लिएको घरमा काम गर्ने कामदारले चोरी गरेको...

काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएकाे छ। उनकाे विवासमा चाेरी गरेकाे आ’रोपमा त्यहाँ काम गर्ने कामदार पक्राउ परेका छन्। पोखराको लेकासाइडस्थित बुलउँदीमा भाडामा लिएको घरमा काम गर्ने कामदारले चोरी गरेको भन्दै प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई प’क्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनलाई अहिले महाराजगन्ज वृत्तमा राखेर अनुसन्धान भैरहेको छ। प्रहरीका अनुसार शाहको निवासबाट क्यामरा, २ थान, आइप्याड, २ थान, दुरविन र नोकिया सेट चोरी भएको थियो।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई प’क्रेर अनुसन्धान गरिरहेको छ । चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आ’रोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ११:२४
प्रतिक्रिया दिनुहोस