काठमाडौं । पछिल्लो समय विवाह नगरी युवा युवती संगै बस्ने प्रचलन नेपालमा पनि बढ्न थालेको छ । लिभिङ टुगेदरका कारण महिलाहरु समस्यामा परेका छन् । प्रहरी र महिला आयोगमा यस्तो घटनाका धेरै निवेदन परेका छन् । लिभिङ टुगेदरलाई कानुनी मान्यता नदिइएका कारण त्यस माथि कुनै कारवाही नहुने भएकाले महिला समस्यामा पर्ने गरेका हुन् ।
प्रतिनिधिसभाका सांसदहरूले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने माग उठाएका छन् । त्यस्तै १८ वर्षलाई विवाहको उमेर हद तोक्नुपर्ने माग राखेका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा सांसदहरूले कानूनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाहका लागि उमेर हद तोक्न नपर्ने बताएका हुन्। त्यस्तै सांसदहरूले लिभिङ टुगेदरलाई पनि कानूनी मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन्।

कर णी सम्बन्धित कानूनका विषयमा भएको छलफलमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले कानुनले विवाहको उमेर हद घटाउनुपर्ने बताएका हुन्।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने प्रस्ताव गरे। लिभिङ टुगेदर अस्थायी विवाह भएकाले दर्ता गरी कानूनी मान्यता दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै समितिका सभापति पोखरेलले नेपालको विद्यमान कानूनले शा री रिक स म्प र्क का लागि उमेर हद १८ वर्ष तोकेकाले विवाहको लागि पनि सोहीअनुरुप हुनुपर्ने बताए । हाल नेपालमा केटाकेटी दुबैका लागि विवाह गर्न उमेर हद २० वर्ष तोकिएको छ।
प्रकाशित मिति २०७८ असोज १८ गते सोमबार १०:०२