ग्लोबल आइकन प्रियंका चोपडाले शनिबार ग्लोबल सिटिजन लाइभ इभेन्टको होस्ट गरेकी छिन् । यो इभेन्ट फ्रान्सको एकदमै सुन्दर शहर पेरिसमा आयोजना गरिएको थियो । इभेन्टका लागि पेरिस पुगेकी प्रियंकाले आफ्नो लागि पेरिसको यादहरुको एल्बम भेला गरेकी छिन् ।

उनले एफिल टावरको अगाडी उभिएर सिंगल फोटो खिचेर शेयर गरेकी छिन् । प्रियंकाले यस फोटोलाई सार्वजनिक गर्दै शर्मिला टैगोर तथा राज कपुरको फिल्मको नाममा एन इभिनिंग इन पेरिस लेखेकी छिन् । एफिल टावरको चार्म, सुहाएको मौषम तथा ब्लु ड्रेसमा प्रियंकालाई एकदमै ग्ल्या’मर्स देखिएको छ ।

उनको यो फोटोले खुब चर्चा बटुलिरहेको छ । उनको यो फोटोमा धेरैले प्रतिक्रिया दिएका छन् । प्रियंकाको पति निक जोनसले ह’र्ट इमोजीको साथमा आफ्नो पत्नीको कम्प्लीमेन्ट गर्दै वाउ लेखेका छन् । अजुंला अचारिया, पेरिस हिल्टन, प्रियंकाको ड्रेस डिजाइनर प्रबल गुरुंग, बीजे अनुषा, फराह खान अली लगायतका सेलिब्रेटीहरुले समेत उनको फोटो र ड्रेसको तारिफ गरेका छन् ।

प्रियंकाले यस इभेन्टमा न्युयोर्क बेस्ट डिजाईनर प्रबल गुरुंगले डिजाईन गरेको ड्रेस प्रियंकाले लगाएकी थिईन् । उनको यो फोटोले सबैको ध्यान खिचेको छ ।
ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1442463346125680640%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.masala.com%2Fcelebrities%2Fwatch-pakistanis-troll-priyanka-chopra-for-acting-like-shes-visiting-bahria-town
प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०३:४३