यी हुन एच.आइ.भी एडस लागेर ज्यान गुमाएका सेलिब्रेटीहरु…

यी हुन एच.आइ.भी एडस लागेर ज्यान गुमाएका सेलिब्रेटीहरु…

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १५ गते शुक्रबार ०२:५८

काठमाडौं /  यूनिसेफको एउटा तथ्यांकका अनुसार संसार भरीका करीब ३ करोड ७० लाख जना मानिस एच.आइ.भी बाट सं'क्रमित भइ सकेका छन् । यो एउटा त्यस्तो रोग हो, जसको बारेमा मानिस कुरा गर्न अप्ठ्यारो मान्छन् ।भर्खरै गुड मर्निङ अमेरिका शोका निर्माता...

काठमाडौं /  यूनिसेफको एउटा तथ्यांकका अनुसार संसार भरीका करीब ३ करोड ७० लाख जना मानिस एच.आइ.भी बाट सं’क्रमित भइ सकेका छन् । यो एउटा त्यस्तो रोग हो, जसको बारेमा मानिस कुरा गर्न अप्ठ्यारो मान्छन् ।भर्खरै गुड मर्निङ अमेरिका शोका निर्माता टोनी मोरिसनले आफ्नो अनुभव संसार सामु राखेका छन् ।

उनले आफुले कसरी ८ वर्षसम्म संसारलाई उक्त कुरा लुकाएर राखे भन्ने बारेमा बताएका छन् ।त्यस क्रममा उनले त्यो कुन कुरा हो, जसले उनलाई यसबारेमा बोल्ने प्रेरणा दियो भन्ने बारेमा पनि बताएका छन् ।

उनी लेख्छन् –‘म एचआइभीका साथ पछिल्लो आठ वर्षदेखि बाँच्दै आएको छु । यो अवधिमा त्यस्तो कुनै दिन थिएन, जसमा म आफु यो रोगका कारण लज्जित नभएको होस् । समाजले मलाई ल’ज्जित हुन भनिरह्यो र म त्यहि गर्दै गएँ । म माया प्रेमका लागि बनेको हैन भन्ने मैले सोचेको थिएँ ।

टोनी मरिसन भन्छन् –‘मानिसले एचआइभीका साथ बाँच्न सिक्नु पर्छ । एड्स हुनुको अर्थ तपाईँ म’र्दै हुनु हुन्छ भन्ने होइन । यसलाई समयमा नै उपचारको आवश्यकता हुन्छ ।’

एड्स बारेमा विश्व भरी विभिन्न संगठन यसमा मानिसलाई जागरुक गर्ने काम भइरहेको छ ।सामान्य मानिसदेखि विभिन्न कलाकारहरु पनि एड्सको शि’कार भएका छन् । आज हामी त्यस्ता कलाकारको बारेमा बताउँदैछौ, जो एड्सका शि’कार भएका थिए ।अमेरिकन मोडल जिया सारंगीको मृ’त्यु एड्सको कारण भएको थियो ।

सन् १९८५ मा निमोनियाका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।त्यहि क्रममा उनलाई एचआईभी सं’क्रमण भएको थाहा भयो ।त्यसको केही समयपछि अर्थात १९८६ नोभेम्बर १८ मा उनको मृ’त्यु भयो ।

कुनै एउटा समयमा मोडलिर्‍को संसारमा राज गर्ने जियाको मृ’त्यु भने दुखद रह्यो ।जियाको जीवनमा फिल्म पनि बनाइएको छ, जसमा अभिनेत्री एन्जेलिना जोलीले उनको भूमिका निर्वाह गरेकी छिन् ।

पेड्रो जमोरा अमेरिकाको प्रख्यात टेलिभिजन सेलिब्रिटी थिए ।पेड्रोले खुलेर आफू गे भएको कुरा स्वीकार गरेका थिए ।पेड्रो एड्सको शिकार भएका थिए ।

उनको मृ’त्यु १९९४ नोभेम्बर ११ मा भएको थियो ।अमेरिकाका महान् टेनिस खेलाडी आर्थर ऐशलाई पनि एड्स भएको थियो ।सन् १९८८ मा उनलाई एचआईभी सं’क्रमण भएको पत्ता लागेको थियो ।

पाँच वर्ष अगाडि मुटुको श’ल्यक्रियाको क्रममा एचआइभी सं’क्रमितको रगत चढाएकाले उनलाई एड्स भएको बताइन्छ ।सन् १९९२ मा उनले आफूलाई एड्स भएको जानकारी दिएर सबैलाई आश्चर्यमा पारेका थिए ।

सन् १९९३ मा एड्सका कारणले उनलाई निमोनिया भयो र फेब्रुअरीमा न्यूयोर्कको अस्पतालमा उनको मृ’त्यु भयो ।साउथ इन्डियन अभिनेत्री निशा नूरको मृ’त्यु पनि एड्सबाट भएको थियो ।

सन् २००७ मा निशा नूरलाई एउटा मस्जिद बाहिर भेटिएको थियो ।त्यो बेला निशाको शरीर भरी कमिला र झिँगा भन्किरहेको थियो ।अस्पतालमा ल्याएपछि निशालाई एड्स भएको र उनको स्थिति बिग्रँदै गएको थाहा भयो ।

सन् २००७ मा निशाले संसार छाडिन् ।निशालाई एक जना निर्माताले वे’श्यावृत्तिमा धकेलिदिएका थिए ।त्यहिँबाट निशालाई एड्स सं’क्रमण भएको थियो ।८० को दशकमा साउथमा निशाले अभिनय क्षेत्रमा परिचय बनाउन सफल भएकी थिइन् ।

प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०२:५८
प्रतिक्रिया दिनुहोस