सलमानले जब उल्टो मास्क लगाएर हिडेँपछी…..

सलमानले जब उल्टो मास्क लगाएर हिडेँपछी…..

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार ०५:१३

एजेन्सी । बलिउड अभिनेता सलमान खान ट्रोलको शिकार भएका छन्। फिल्म ‘टाइगर थ्री’ को सुटिङका अस्ट्रियाबाट मुम्बई फर्किएका उनी मास्कका कारण ट्रोलरको निशानामा परेका हुन्। उनलाई आइतबार मुम्बई विमानस्थलमा देखिएको थियो। यहाँका केही...

एजेन्सी । बलिउड अभिनेता सलमान खान ट्रोलको शिकार भएका छन्। फिल्म ‘टाइगर थ्री’ को सुटिङका अस्ट्रियाबाट मुम्बई फर्किएका उनी मास्कका कारण ट्रोलरको निशानामा परेका हुन्।

उनलाई आइतबार मुम्बई विमानस्थलमा देखिएको थियो। यहाँका केही फोटो सोसल मिडियामा भाइरल भइरहेका छन्। यी फोटोमा सलमानले ‘उल्टो मास्क’ लगाएका छन्। भाइरल फोटोमा सलमान खान निलो सर्टभित्र कालो टिसर्ट र जिन्स लगाइरहेको देखिएका छन ।

साथै उनले कालो रङको मास्क पनि लगाएका छन्। उक्त मास्कमा कप लेखिएको देख्न सकिन्छ। तर उल्टो मास्क लगाएका कारण ती अक्षर पनि उल्टै छन्। फोटोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘भाइ, मास्क उल्टो लगाएका छौ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘पहिला मास्क त सिधा लगाउ ‘केएस’।’

त्यसैगरी अर्का एक प्रयोगकर्ताले लेखे, ‘कहिल्यै मास्क नलगाउने व्यक्तिले मास्क लगाउँदा यस्तै हुन्छ। सलमानको उल्टो मास्क यसको प्रमाण हो।’ यसबाहेक प्रयोगकर्ताले फोटोमा विभिन्न कमेन्ट गरेर सलमानलाई ट्रोल गरेका छन्।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०५:१३
प्रतिक्रिया दिनुहोस