पुन: चर्चामा क्रिस्टियानो रोनाल्डोले चुम्बन गरिरहेको विपाशाको तस्विर

पुन: चर्चामा क्रिस्टियानो रोनाल्डोले चुम्बन गरिरहेको विपाशाको तस्विर

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १३ गते बुधबार ०४:०५

बलिउड अभिनेत्री विपाशा वशुका केही पुराना तस्विरले यतिबेला निकैने चर्चा पाएका छन् । त्यसमध्येको एक हो खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको चुम्बन वाला तस्विर । यो तस्बिर सन् २००७ को हो । रोनाल्डो र विपाशा लूज स्टेडियममा एक समारोहका...

बलिउड अभिनेत्री विपाशा वशुका केही पुराना तस्विरले यतिबेला निकैने चर्चा पाएका छन् । त्यसमध्येको एक हो खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको चुम्बन वाला तस्विर ।

यो तस्बिर सन् २००७ को हो । रोनाल्डो र विपाशा लूज स्टेडियममा एक समारोहका क्रममा भेटेका थिए । त्यतिबेला एक म्यागजिनले यी दुईको तस्बिर छापेको थियो । म्यागजिनको रिपोर्ट अनुसार रोनाल्डो र विपाशा उक्त कार्यक्रमको पार्टीमा असाध्यै नजिकिएका पनि थिए ।

बिपाशा बसुले सन् २००१ मा अक्षय कुमारको अपोजिट ‘अजनबी’ बाट फिल्ममा डेब्यू गरेकी थिईन । सन् २००२ मा राज फिल्ममा बोल्ड दृश्यका कारण उनी थप चर्चित बनिन् । सन् २००७ तिर उनी जोन अब्राहमलाई डेट गरिरहेकी थिइन् । फिल्मी करियरमा उदाउँदै गर्दा रोनाल्डो र बिपाशाका केही तस्बिर सार्वजनिक भए ।

जोन अब्राहम यो कुराले निकै रिसाएका थिए भन्ने हल्ला पनि आए । रोनाल्डो र बिपाशाको लिंकअपको खबरले त्यतिबेला निकै चर्चा पाएको थियो । अहिले पनि सोही तस्विरले हल्लीखल्ली मच्चाएको छ ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०४:०५
प्रतिक्रिया दिनुहोस