एयर होस्टेस संग थियो संजयको चक्कर, विवाह गर्ने नाममा यस्तो शर्त राखेपछि छाडि दिएकि थिइन् ! के थियो शर्त ?

एयर होस्टेस संग थियो संजयको चक्कर, विवाह गर्ने नाममा यस्तो शर्त राखेपछि छाडि दिएकि थिइन् ! के थियो शर्त ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १२ गते मङ्गलबार ०४:१६

एजेन्सी / संजय दत्तको बलिउड यात्रा जति उतार चढावले भरिपूर्ण रह्यो, उनको निजी जीवन पनि उस्तै रह्यो। कयौं दशक लामो बलिउड करियरमा संजय दत्त कयौं पटक विवादमा परे। साथै संजयको नाम विभिन्न अभिनेत्रीहरुसंग पनि जोडियो। अहिले सम्म तीन...

एजेन्सी / संजय दत्तको बलिउड यात्रा जति उतार चढावले भरिपूर्ण रह्यो, उनको निजी जीवन पनि उस्तै रह्यो। कयौं दशक लामो बलिउड करियरमा संजय दत्त कयौं पटक विवादमा परे।

साथै संजयको नाम विभिन्न अभिनेत्रीहरुसंग पनि जोडियो। अहिले सम्म तीन जनासंग विवाह गरिसकेका संजयका ३ सय ८ युवतीसंग प्रेम सम्बन्ध रहेको पनि बताउने गरिन्छ।

कुनै एक समयमा संजय दत्त एक एयरहोस्टेससंग पनि प्रेम सम्बन्धमा थिए। चलचित्र ‘नाम’को शुटिंगका लागि फिलिपिन्स गएको समयमा संजयको ती एयरहोस्टेससंग भेट भएको थियो। बताइएअनुसार ती एयरहोस्टेसको नाम शा रहेको थियो।

संजय दत्तको जीवनमा आधारित किताब ‘संजय दत्त: द क्रेजी अनटोल्ड स्टोरी अफ द बलिउड ब्याड ब्वाय’मा शासंगको सम्बन्ध बारे स्पष्ट पारिएको छ।

उक्त किताबमा दावी गरिएअनुसार संजयले यी एयरहोस्टेसलाई विवाहको प्रस्ताव समेत गरेका थिए। तर संजयको एक शर्तका कारण उनले विवाह गर्न अस्विकार गरिदिएकी थिइन्।

के थियो शर्त ?
संजय शासंग विवाह गर्न त चाहन्थे, तर शाले एयरहोस्टेसको रुपमा काम नगरुन भन्ने थियो। विवाहको प्रस्ताव राख्दा संजयले सिधै एयरहोस्टेसको जागिर छाड्न उनलाई आग्रह गरेका थिए।

एयरहोस्टेसको जागिर छाडेर शाले घर-गृहस्ती चलाउन् भनें संजयको चाहना थियो। संजयको शर्तमा शा अलिकति पनि सहमत हुन सकिनन्। फलतः दुई बीचको सम्बन्धमा पूर्णविराम लाग्यो।

प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ०४:१६
प्रतिक्रिया दिनुहोस