पोखरा । पोखरामा एक महिलाले कुकुरसहित झु‘ण्डिएर आ,त्मह,‘त्या गरेकी छन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झु,‘ण्डिएको अवस्थामा मृ,‘त फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै डोरीमा झु,‘ण्डिएको अवस्थामा कोपिला भेटिएकी थिइन् ।
पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृ,‘त भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताउनुभयो ।
उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खो,‘जतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झु,‘ण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो ।
पहिला कुकुरलाई झु,‘न्ड्याएर ती महिला आफू पनि त्यही डोरीमा झु,‘न्डिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
छोरीको घरमा पालेका दुईवटा बाख्रा लिएर सधैं चराउन जाने उक्त स्थानमा कोपिला मृ,‘त अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।
स्थानीयलाई उदृत गर्दै प्रहरीले बताए अनुसार मा,‘दक प,‘दार्थकी अ,‘म्मली ती महिलासँग अरु बेला पनि उक्त कुकुर अ,‘घिपछि हिँडिरहन्थ्यो ।
प्रकाशित मिति २०७८ असोज ८ गते शुक्रबार ०१:४३