अभिनेत्री स्वरा भास्कर फेरी ट्रोलको शि’कार

अभिनेत्री स्वरा भास्कर फेरी ट्रोलको शि’कार

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ०३:३६

काठमाडौं । बलिउड अभिनेत्री स्वरा भास्कर र विवादको पुरानो नाता रहेको छ । सामाजिक सञ्जालमा सबैभन्दा धेरै ट्रोल हुने अभिनेत्रीहरुको सूचीमा स्वरा भास्कर पहिलो स्थानमा आउँछिन् । उनले पोस्ट गर्ने सामान्य तस्वीरदेखि लिएर स्टाटस पनि...

काठमाडौं । बलिउड अभिनेत्री स्वरा भास्कर र विवादको पुरानो नाता रहेको छ । सामाजिक सञ्जालमा सबैभन्दा धेरै ट्रोल हुने अभिनेत्रीहरुको सूचीमा स्वरा भास्कर पहिलो स्थानमा आउँछिन् । उनले पोस्ट गर्ने सामान्य तस्वीरदेखि लिएर स्टाटस पनि विवादमा पर्न थाल्छन् । अब स्वरा भास्करले यस विषयमा आफ्नो दुःखेसो व्यक्त गरेकी छिन् ।

उनले शनिबार गरेको एक पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ । स्वरा हरेक दिन ट्रोलरको निशानामा रहने गर्छिन् । आफू धेरै नै ट्रोल हुन थालेपछि स्वराले सामाजिक सञ्जाल एक सार्वजनिक स्थान हो भन्दै आफ्नो प्रतिकृया दिएकी हुन् । उनका अनुसार सामाजिक सञ्जाल सडक र रेस्टुरेन्टहरु जस्तै सार्वजनिक स्थान हो ।

तर सामाजिक सञ्जालमा मानिसहरु शालीनता र आधारभूत सामाजिक शिष्टाचार देखाउन सक्दैनन् । उनले चलचित्र ‘वीरे दी वेडिङ्ग’ पछि आफूले एउटा फूलको फोटो पोस्ट गर्दा पनि मानिसहरुले त्यसलाई अर्कै दृश्यसंग जोड्ने गरेको बताइन् ।

‘वीरे दी वेडिङ्ग’ मा उनले एउटा दृश्य उमेर पुगेकाहरुले मात्रै हेर्न मिल्ने खालको गरेकी थिइन् । स्वराका विचारमा यो एकदमै घिनलाग्दो र साइबर अ’पराधको मामला हो । उनी लेख्छिन्, ‘तर म धेरै बलियो महसुस गर्दछु कि यस प्रकारको अनलाइन ट्रोलको शि’कार नहुन मेरो अनलाइन उपस्थितिलाई सीमित गरिरहेको छैन ।

हामी घृ’णा, क’ट्टरपन्थी र ट्रोलको डरका कारण भर्चुअल सार्वजनिक ठाउँ छोड्न सक्दैनौं ।’ यद्यपि स्वरा यस पोस्टमा पनि ट्रोल भइरहेकी छिन् ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०३:३६
प्रतिक्रिया दिनुहोस