यसकारण एउटै गोत्रभित्र विवाह गर्न जोगिनुहोस्, वैज्ञानिक कारणसहित

यसकारण एउटै गोत्रभित्र विवाह गर्न जोगिनुहोस्, वैज्ञानिक कारणसहित

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ०३:२१

विवाह गर्ने प्रचलन जाति,धर्म,देश अनुसार फरक फरक छ । विवाहको सम्बन्धमा हिन्दु धर्ममा एउटा गोत्रमा गर्न नहुँने मान्यता रहि आएको छ । साथै यो नियमलाई हजारौं वर्ष देखि पालन गरिदैँ समेत आएको छ । हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा...

विवाह गर्ने प्रचलन जाति,धर्म,देश अनुसार फरक फरक छ । विवाहको सम्बन्धमा हिन्दु धर्ममा एउटा गोत्रमा गर्न नहुँने मान्यता रहि आएको छ । साथै यो नियमलाई हजारौं वर्ष देखि पालन गरिदैँ समेत आएको छ ।

हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन् ।

एकै गोत्रमा विवाह किन गर्नु हुँदैन त ?
शास्त्रअनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्धाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन् । यदि कोही व्यक्ति भारद्धाज गोत्र भएमा उसको पिढी ऋषि भारद्धाजसँग सम्बन्धित हुन्छन् । अर्थात ती व्यक्ति भारद्धाज ऋषिका सन्तान हुन् ।

यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मूलका र एकै कुल वंशका हुन् । दुवैबीच पारिवारिक नाता हुन्छ ।

उसाे त एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाईबहिनी हुन्छन् । एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरूले जीवनमा केही समस्याको सामना गनुपर्छ । विवाहपछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ । यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि भन्छ ।

विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ । भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लागि आफ्नो वंश वा गोत्रभन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ ।

मानिसहरू सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफू कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ । दोस्रो आमाको गोत्र (मामाघरको) र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनुपर्छ ।एजेन्सी

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०३:२१
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७