काठमाडौं । तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो ।
उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा...
काठमाडौं । तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो ।
उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने बाख्राका जस्ता देखिन्छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ ।
पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको उक्त कुकुरको लोती लामो देखिए पनि उनले नापेकी थिइनन् । तर जब महामारीका कारण घरमै बस्नुपर्दा उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् । कुकुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिइन् ।
निकै लामो कान भएपनि कुकुरलाई कुनै अप्ठेरो नभएको उनी बताउँछिन् । उनले हरेक महिना कुकुरको कानको जाँच गराउँछिन् । ओल्सेन आफैं पशु चिकित्सक पनि हुन् । संसारकै लामो कान भएको कुकुर लगायतका कीर्तिमानलाई गिनिज बुकले २०२२ को नयाँ संस्करणमा समावेश गरेको छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807