यसरी भएको थियो कार्की परिवार सधैका लागि सकिदिने योजना (भिडियो रिपोर्ट)

यसरी भएको थियो कार्की परिवार सधैका लागि सकिदिने योजना (भिडियो रिपोर्ट)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार ०६:२४

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको घटनामा संलग्न भएको आ’रोपमा थप चार जना प’क्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई...

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको घटनामा संलग्न भएको आ’रोपमा थप चार जना प’क्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई प’क्राउ गरेको हो ।

प’क्राउ गरिएका चारै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह’त्या भएको थियो ।

एकै परिवारका ६ जनाको ह’त्यामा सं’लग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले प’क्राउ गरिसकेको छ । मृ’तक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको हो ।

घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा चार जनालाई प’क्राउ गरिएको सुवेदीले बताए। पक्राउ परेका चारै जना मृ’तक तेजबहादुरका छिमेकी हुन् ।

कार्की तिनै हुन्, जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको ह‘त्याबारे अनुसन्धान गरेको थियो । डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकीकहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृ’तक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।

गाउँले र सञ्चारकर्मीको भि’डभा’डका कारण घटनाबारे राति मात्रै सोधपुछ हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घटनाबारे केही थाहा छैन भनेका थिए ।

बाहिरबाट मानिसहरु नआएको र चोरी गर्ने उद्देश्यका साथ घटना नघटाएको देखिएपछि प्रहरीले गाउँलेबाटै ह‘त्या भएको आ’शंकामा अनुसन्धान गर्दा लोकबहादुर शं’काको घेरामा परेका थिए । तर खड्गबहादुर र अरु परेनन् ।

तर रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएका भेटिएपछि अरु पनि अनुसन्धानमा ता’निए । लोकबहादुरको बयानले पनि खड्गबहादुरसम्म पुग्न सहज भएको अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् । अनुसन्धानका लागि प्रहरीले खड्गबहादुरका दुई छोरा र श्रीमतीलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनीहरुको सं’लग्न’ता नदेखिएको जनाएको छ ।

यसरि बनेको थियो योजना ! तल भिडियो रिपोर्ट हेर्नुहोस

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०६:२४
प्रतिक्रिया दिनुहोस