पन्ध्र बर्षको उमेरमै प्रेममा परेकी थिईन् करिना, आमाले थाहा पाएपछि यस्तोसम्म भयो

पन्ध्र बर्षको उमेरमै प्रेममा परेकी थिईन् करिना, आमाले थाहा पाएपछि यस्तोसम्म भयो

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ४ गते सोमबार ०४:१९

बलिउड अभिनेत्री करिना कपुरले पहिलो प्रेमसम्बन्धको बारेमा खुलासा गरेकी छिन् ।उनले आफू १५ वर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् । उनले आफू बालापनमा निकै चन्चल भएको बताउँदै चन्चल भएको कारण आमाको गाली धेरै खाएको समेत खुलाइन्...

बलिउड अभिनेत्री करिना कपुरले पहिलो प्रेमसम्बन्धको बारेमा खुलासा गरेकी छिन् ।उनले आफू १५ वर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् । उनले आफू बालापनमा निकै चन्चल भएको बताउँदै चन्चल भएको कारण आमाको गाली धेरै खाएको समेत खुलाइन् ।

उनले आफूले गरेका व्यवहारका कारण आमाले उनीमाथि घेराबन्दी लगाएको समेत बताइन् । करिनाका अनुसार उनी दिदी करिश्मा कपूर उनीभन्दा ठूली भएकाले उनलाई घरबाट बाहिर खुलेआम हिँड्ने अनुमति थियो ।

उनले १४ /१५ सालको उमेरमा उनलाई एक युवक निकै मन पर्यो । करिनाले उक्त युवकसँग कुराकानी गर्नका लागि आफ्नो कोठामा फोन लुकाएकी थिइन् । उनको यस व्यवहारका कारण उनकी आमा बबिता कपूर निकै रिसाइन् ।

करिनाका हर्कतका कारण उनकी आमाले उनलाई बोर्डिंग स्कुलमा भर्ना गरिदिइन् । जसका कारण उनी स्कुलमा कडा नियमकाबीच पढाई सुरु गरिन् ।

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०४:१९
प्रतिक्रिया दिनुहोस