बेला बेलामा सामाजिक संजाल विभिन्न कुराहरु भाइरल हुने गर्दछन । धेरैले प्रयोग गर्ने सामाजिक संजालमा कहिले रमाइला कुरा त कहिले पिडादायी कुराहरु चर्चामा आउने गर्दछन । यस्तै अहिले सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बन्यो । एकै...
बेला बेलामा सामाजिक संजाल विभिन्न कुराहरु भाइरल हुने गर्दछन । धेरैले प्रयोग गर्ने सामाजिक संजालमा कहिले रमाइला कुरा त कहिले पिडादायी कुराहरु चर्चामा आउने गर्दछन । यस्तै अहिले सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बन्यो । एकै घरका १२ बहिनी छोरिहरुको उक्त भिडियो लगभग १ लाख भन्दा धेरैले हेरिसका छन भने थुप्रैले मनपराएका छर र उतिनै टिप्पणीहरु पनि गरेका छन।
नेपाली महिलाहरुको चाड तिजको अवसर पारेर माइतिमा भेला भएका उनिहरुले `हामी एकै बाउका १२ बहिनी छोरिहरु´ भन्दै क्रमश एक नम्बर देखि १२ नम्बर सम्म भन्दै देखिएको भिडियो टिकटकमा भाइरल बनेको थियो । त्यसका बारेमा थुप्रैले टिप्पणी गरेका थिए । कतिपयले एउटै परिवारको नभएको पनि टिप्पणी गरेका थिए । तर उनिहरु एकै घरका दिदिबहिनी हुन ।
प्युठानको नौ बहिनी गाउपालिका ७, बास्कोट घर भएका ती परिवारमा १२ बहिनी छोरिहरु मात्र रहेका छन । उनिहरुको दाजुभाइ भने छैनन । ८ जनाको बिबाह भै सकेका उनिहरु सबै प्युठान मै व्यापार गर्दै आएका छन । आफ्नो बुवा पनि ब्यापार नै गरेकाले आफुहरु पनि सबै त्यतै लागेको उनिहरु बतांउछन । ८ जना मध्ये कोहि मागी बिबाह गरेका त कोहि आफैले भागेर बिबाह गरेको बताए ।
परिवारमा छोरा नै चाहिन्छ भन्ने मान्यता भएको समाज मा अहिले आफुहरु छोरा नभए पनि परिवारलाई खुशी राख्न सकिन उदाहरण भएको बताए । घरमा बुबालाइ छोरा नभएको भन्दै पहिले पहिले कतिपयले विभिन्न कुरा का*ट्ने गरेको सुन्दा न*राम्रो लाग्ने गरेको जेठी छोरिले बताइन । तर अहिले आफुहरुले विवाह नभए का बहिनिहरु र बुवा आमालाई कुनै कुराको कमि हुन नदिएको जेठी छोरी बताउँछिन ।
विभिन्न चाडपर्व हुदा सबै दिदिबहिनी सँगै भएर रमाइलो गर्ने गरेको भएकोले बाबा आमा भाग्यमानी भएको उनिहरु बताउछन । १२ बहिनी छोरिहरु भएको परिवार भए पनि आफुहरु मिलेर बसेको र कसै प्रती कसैको कुनै मनमु*टाव नभएको उनिहरु बताउँछन । अहिलेसम्म आफुले भनेको कुनै बहिनिले पनि कुरा नकाटेकोले पनि यसरी मिलेर बस्न सकेको जेठी छोरिले बताइन । त्यस्तै बहिनिहरु मात्र नभै ज्वाइहरु पनि उत्तिकै बुझ्ने भएको उनी बताउँछिन । (भिडियो हेर्नुस)
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807