आज शनिबार यो दिन भुलेर पनि नखानुहोस् यस्ता चिज, नत्र रिसाउनेछन् शनिदेव !

आज शनिबार यो दिन भुलेर पनि नखानुहोस् यस्ता चिज, नत्र रिसाउनेछन् शनिदेव !

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २ गते शनिवार ०१:२०

एजेन्सी हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता...

एजेन्सी हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ ।

१. शनिबारको दिन सादा दूध तथा दही भूलेर पनि नखानु होला । खानै परे तपाईंले सादा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर मात्रै खानु उपयुक्त हुनेछ ।

२. खाद्य वस्तुको कुरा गर्नुपर्दा तपाईंले शनिबारको दिन मसुरोको दाल नखानु होला । मसुरोको दालबाहेक अन्य दाल भने खान सक्नु हुनेछ । मसुरोको रङ्ग रातो हुने भएकाले यो मंगलसँग सम्बन्धित भएकाले शनिबारको दिन मसुरोको दाल खाए शनिमा क्रु’र दृष्टि बढाउँछ ।

३.आँपको अचार पनि शनिबारको दिन नखानु होला । आँपको अचार काँचो आँपबाट बनाइने हुनाले यसको स्वाद अमिलो तथा टर्रो हुन्छ । यस्तो स्वादको खाद्यवस्तु शनिदेवलाई मन पर्दैन । त्यसैले शनिबारको दिन यस्ता खानेकुराबाट टाढा रहेकै बेस हुनेछ ।

४.शनिबारको दिन खानामा रातो खुर्सानी प्रयोग नगर्नु होला । शनिदेवलाई खानामा रातो खुर्सानी प्रयोग गरेको मन पर्दैन । सुकेको तथा रातो खुर्सानी प्रयोग नगर्दा तपाईंलाई शनिबारको दिन लाभ मिल्नेछ ।

५. शनिबारको दिन रक्सी तथा मद्यपानबाट बच्नु उपयुक्त हुनेछ । कुण्डलीमा शनि यदि राम्रो अवस्थामा छ भने पनि यो दिन रक्सी सेवन गरेको खण्डमा त्यसको असर उल्टो पर्न सक्छ ।

प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०१:२०
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७