राजनीति

भोलि आइतबार मेरो नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव आउँछ : इन्द्र आङबो

भोलि आइतबार मेरो नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव आउँछ : इन्द्र आङबो

सञ्चार बाणी

@SancharBani

२०७७ पुस ११ गते शनिवार ०६:४४

मुख्यमन्त्रीद्वारा बर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन्। मुख्यमन्त्रीले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त...

मुख्यमन्त्रीद्वारा बर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन्।

मुख्यमन्त्रीले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त गरेपछि नेपालखबरसँग कुरा गर्दै आङ्बोले आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने बताए।

‘भोली मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँछ। अविश्वास प्रस्ताव दर्ता गर्नुअघि हामी आफैले राजीनामा दिने तयारीमा थियौं,’ उनले भने, ‘पदमुक्त गरेर उहाँले त्यो कामलाई झनै सहज बनादिनु भयोे, मैले फोन गरेर उहाँलाई बाटो सहज बनाइदिनु भएकोमा धन्यवाद भने।’

प्रकाशित मिति २०७७ पुस ११ गते शनिवार ०६:४४
प्रतिक्रिया दिनुहोस