उर्वशीकाे माटो थेरापी

उर्वशीकाे माटो थेरापी

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार ११:४८

अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर तहल्का मच्चाउने गर्छिन् । हालै उनले घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर...

अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर तहल्का मच्चाउने गर्छिन् ।

हालै उनले घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् । तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै क्याप्सन लेखेकी छन्– ‘मेरो फेबरेट माटो स्पा, माटो थेरापी । सुरुवातको समय क्लियोपेट्राले यो स्नान धेरै मन पराएका थिए । अहिले मलाई मनपर्यो ।

माटोको थेरापीले अहिले पनि अशुद्धतालाई बाहिर फाल्छ । यसले छालालाई मलयालम बनाएर सर्कुलेसन समेत राम्रो बनाउँछ । दुखाई समेत निको पार्छ ।’

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार ११:४८
प्रतिक्रिया दिनुहोस