स्त’न साना भएकाहरुले सिलिकन राखेर ठूलो बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रपत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ । स्तनमा सिलिकन राख्ने भनेको के हो । कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन् । यो राखेपछि स्त न क्यान्सरको जो’खिम हुन्छ कि हुँदैन । बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ।
सिलिकन राखेपछि के के समस्या आउन सक्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई से’क्सी मानिन्छ ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । संसारमा बे्रस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो ।
सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानी नगर्ने विशेष प्रकारको रबर हो । यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ । ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन् । ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ । जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ ।
स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन । स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ । ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो । यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन् ।
नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ । १८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।
इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ । स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ । इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुम्सुम्याउँदा यौ’न उ’त्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन ।
बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ । इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ । ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ । यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो ।
इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ । एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन । कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ ।
यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ । यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ । सिलिकन राखेकै कारण स्तन ‘क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन । स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ । डा। जसवन शाक्य , मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल ।
प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०४:०६