एजेन्सी । भारतीय लोकप्रिय नायिका प्रियंका चोपडा अहिले पति निक जोनशसँग खुशीसाथ जिन्दगी बिताइरहेकी छिन् । आँफुभन्दा कान्छा पतिले प्रियंकालाई निकै खुशी राखेको उनीहरुको ब्यबहार र सामाजिक संजालमा उनीहरुले दिने अभिब्यक्ति र मिलेर गरेको कामले नै प्रस्ट हुन्छ । विबाह गरेको लामो समयसम्म पनि यो जोडी हनिमुन टुरमा जसरी अहिले पनि ब्यस्त नै छ ।

हालै सुन्दरी नायिका प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन्। उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गर्दै भनिन् जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् । उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चामा थिइन् ।

जसको मूल्य पाँच लाख परेको एक अन्तरपार्तामा उल्लेख गरेकी छिन् । यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनस दुवैले सहभागीता जनाएका थिए । यो जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैछौं र मलाई यसबारे थाहा थिएन ।’











यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।
यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।
उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।
प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०१:३५