काठमाडौं । पाकिस्तानी अदालतले पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध प’क्राउ पूर्जी जारी गरेको छ । अभिनेत्री सबामाथि लाहौरको एक ऐतिहासिक मस्जिदमा नृत्य भिडियो शू’ट गरेको आ’रोपमा प’क्राउ पूर्जी जारी गरिएको हो ।
अभिनेत्री सबा कमर र गायक बिलाल सइद अदालतको सुनुवाईमा उपस्थित नभएका कारण लाहौरको मजिस्ट्रियल अदालतले उनीहरुविरुद्ध प’क्राउ पूर्जी जारी गरेको हो । साथै अदालतले ६ अक्टोवरसम्मका लागि सुनुवाई पनि स्थगित गरेको छ ।
यस्तो छ घटना
पछिल्लो वर्ष लाहौर पुलिसले अभिनेत्री सबा कमर र गायक बिलाल सइदविरुद्ध पाकिस्तान द’ण्ड संहिताको धारा २९५ अनुसार मु’द्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध एक नृत्य (डान्स) भिडियो सु’ट गरेर लाहौरको मस्जिद वजीर खानलाई कथित रुपमा अपवित्र बनाएको आ’रोप लागेको छ ।
एफआईआर अनुसार सबा र बिलाल दुवैले उक्त मस्जिदमा एक डान्स भिडियो सु’ट गरेका थिए, सोही विषयलाई लिएर चर्को वि’वाद भएको थियो । साथै, त्यहाँको पञ्जाव सरकारले मस्जिदको पवित्रता उल्लंघनको आ’रोप लगाउँदै दुई सिनियर अफिसरलाई पनि बर्खास्त गरेको थियो ।
अभिनेत्री सबा र गायक बिलालले मागेका थिए माफी
विवाद बढ्दै गएपछि अभिनेत्री सबा कमर र गायक बिलाल सइदले माफी पनि मागेका थिए । अभिनेत्री सबाले माफी माग्दै भनेकी थिइन्, ‘यो एक म्यारिज सीन वाला म्युजिक भिडियो थियो । यो भिडियो सु’ट गर्दा कुनै पनि प्लेब्याक म्युजिकको प्रयोग गरिएको छैन । त्यस्तै यसलाई म्युजिक ट्«याकमा सम्पादन पनि गरिएको छैन ।’
अभनेत्री सबाले बलिउड फिल्ममा पनि काम गरसकेकी छन् । उनी इरफान खानको साथमा ‘हिन्दी मिडियम’ फिल्ममा देखिएकी थिइन् । उक्त फिल्मलाई निकै रुचाइएको थियो ।
प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०३:१५