ऐश्वर्या यसकारण फिल्मी दुनियाँ नआउन् भन्ने चाहन्थे सञ्जय दत्त

ऐश्वर्या यसकारण फिल्मी दुनियाँ नआउन् भन्ने चाहन्थे सञ्जय दत्त

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २७ गते आईतबार ०१:३३

बलिउडका सुपरस्टार सञ्जय दत्तले थुप्रै बलिउडका सुन्दरीहरुसँग काम गरेका छन् । उनले बलिउड अभिनेत्रीहरुसँग काम गर्ने क्रममा ऐश्वर्या राय जस्ती सुन्दर अभिनेत्री कहिल्यै नदेखेको बताएका थिए । उनले पहिलो पटक ऐश्वर्यालाई देख्नेवित्तिकै...

बलिउडका सुपरस्टार सञ्जय दत्तले थुप्रै बलिउडका सुन्दरीहरुसँग काम गरेका छन् । उनले बलिउड अभिनेत्रीहरुसँग काम गर्ने क्रममा ऐश्वर्या राय जस्ती सुन्दर अभिनेत्री कहिल्यै नदेखेको बताएका थिए ।

उनले पहिलो पटक ऐश्वर्यालाई देख्नेवित्तिकै भनेका थिए, ‘यति धेरै सुन्दर युवती ’।

उनीहरु पहिलोपटक एउटा व्यवसायिक विज्ञापनको क्रममा भेटिएका थिए । ऐश्वर्यालाई देखेपछि सञ्जयले उनलाई बलिउडमा नआउन आग्रह गरेका थिए । बलिउड उद्योगमा कदम राखेपछि त्यहाँभित्रको नियम र परम्परा अबलम्भन गर्दागर्दै ऐश्वर्याको सुन्दरतामा हराउने भयले उनले एश्वर्यालाई फिल्म क्षेत्रमा नआउन आग्रह गरेका हुन् ।

उनले एक अन्तरर्वातामा भनेका थिए, ‘यदि ऐश्वर्या सडकमा उभिइन् भने मानिसहरु उनलाई हेर्नका लागि गाडी रोक्नेछन् ।’

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०१:३३
प्रतिक्रिया दिनुहोस