रहेनन् ९ महिने उस्मान अली

रहेनन् ९ महिने उस्मान अली

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २७ गते आईतबार ०३:२२

विश्वकै दु'र्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित शुक्लागण्डकी-५ का ९ महिने उस्मान अलीको नि'धन भएको हो । कान्ति बाल अस्पतालमा उपचाररत उनको गएराति नि'धन भएको हो । उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदीप)...

विश्वकै दु’र्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित शुक्लागण्डकी-५ का ९ महिने उस्मान अलीको नि’धन भएको हो । कान्ति बाल अस्पतालमा उपचाररत उनको गएराति नि’धन भएको हो ।

उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदीप) ले उस्मानको मृ’त्युको पुष्टि गरेका छन्। निकै महङ्गो उपचार खर्च लाग्ने भएकाले देश तथा विदेशबाट उस्मानको उपचारका लागि सहयोग सङ्कलन जुटाउने कार्य भइरहेको थियो ।

करिब २६/२७ करोड उपचारमा लाग्ने भएकाले उपचार खर्च जुटेपछि उनलाई विदेश लैजाने तयारीमा परिवार रहेको थियो । तर विदेश लगेर उपचार गराउन नपाउँदै उनको नि’धन भएको छ ।

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०३:२२
प्रतिक्रिया दिनुहोस