बच्चाको पिताबारे किन मौन छिन् नुसरत जहा ?

बच्चाको पिताबारे किन मौन छिन् नुसरत जहा ?

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २६ गते शनिवार ०८:३४

बंगाली अभिनेत्री तथा टीएमसी सांसद नुसरत जहा आमा बनिसकेकी छन् । उनले २६ अगस्टमा छोरालाई जन्म दिएकी हुन् । आमा बनेपनि बच्चाको पिताको बारेमा भने उनी हालसम्म मौन छिन् । केही समय अगाडी नुसरतले ब्यापारी निखिल जैनसँगकोे विवाह अस्विकार...

बंगाली अभिनेत्री तथा टीएमसी सांसद नुसरत जहा आमा बनिसकेकी छन् । उनले २६ अगस्टमा छोरालाई जन्म दिएकी हुन् । आमा बनेपनि बच्चाको पिताको बारेमा भने उनी हालसम्म मौन छिन् ।

केही समय अगाडी नुसरतले ब्यापारी निखिल जैनसँगकोे विवाह अस्विकार गरेकी थिइन् । उनको यस विषयले सामाजिक सञ्जालमा निकै स्थान पाएको थियो । निखिल जैनसँगको विवाद टुंगिएपछि उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन् । नुसरतले गर्भवती भएको घोषणा गरेसँगै निखिल जैनले पनि बच्चा आफ्नो नभएको बताएका थिए ।

समाचार अनुसार, नुसरत जहाले आफ्नो बच्चाको पिताको नाम बताउन अहिलेसम्म पनि बताउन अस्विकार गर्दै आएकी छिन् । उनले आफु सिंगल मदर बन्ने पनि स्पष्ट पारेकी छिन् ।

उनले आफ्नो छोराको नाम इर्शान राखेकी छिन् । हाल नुसरत र अभिनेता यश दासगुप्ता रिलेसनसिपमा रहेको खबर बाहिर आएको छ । डिलीवरीको समयमा नुसरतलाई यश दासगुप्ताले नै अस्पताल पु्र्याएका थिए । यद्यपी उनीहरु दुईजनाले भने आफुहरु रिलेसनशिपमा रहेको आधिकारीक रुपमा बताएका छैनन् ।

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०८:३४
प्रतिक्रिया दिनुहोस