मुम्बई : बलिउड अभिनेत्री सनी लियोन बोल्ड दृश्यका कारण मात्र होइन, बीचबीचमा निडर बयानका कारण पनि निकै चर्चामा छाउँछिन्। पूर्व पो’र्नस्टार भएकाले सनी धेरै आलोचित पनि हुन्छिन्। उनलाई बलिउडमा विभिन्न आ’रोप पनि लाग्ने गर्छ। तर उनी आरोप सहेर बस्दिनन्। प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न अभिव्यक्ति दिइरहेकी हुन्छिन्।

उनलाई भारतमा ‘पो’र्नोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप धेरैले लगाउने गर्छन्। यही कारण सनी दम्पतीबीच कहिलेकाहीँ ठाकठुक परेको समाचार पनि गसिप बन्छ। हालै यस्तै आ’रोपको सनीले पतिभक्ति जवाफ दिएकी छन्। उनले सबै महिलालाई सम्बोधन गर्दै भनेकी छन्, ‘मलाई कसैको पनि पति चाहिँदैन। मसँग निकै राम्रो र मलाई धेरै माया गर्ने श्रीमान् छन्।’

यस्तै, अर्को प्रसंगमा सनीले न्युड महिलालाई अश्लील मान्न नहुने बताएकी छन्। उनले आफ्नो करिअरको सुरुआतमा न्युड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छन्। उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘जब मैले पहिलो पटक न्युड मोडलको तस्बिर देखेँ, तब मलाई निकै सुन्दर र से’क्सी लागेको थियो।’ – एजेन्सी


प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार ०४:३४