भियतनाम : भियतनाममा प्रयोग भइसकेका ३ लाख २० हजार वटा कन्डमहरु फेरि बिक्रीका लागि प्याकिङ गरिराखेको अवस्थामा भेटिएको छ । यहाँको प्रहरी छापा मा’र्ने क्रममा उक्त परिमाणको क’न्डम बिहीबार ब’रामद गरेको हो । एपीका अनुसार ती क’न्डम नयाँ प्याकेटमा फेरि नयाँ क’न्डम जस्तै गरी प्याकिङ गरिराखिएका थिए ।
भियतनामको बिन दुओङ प्रान्तस्थित हो चि मिन्ह सहर नजिकै एक फ्याक्ट्रीमा यस्तो भेटिएको स्थानीय मिडियाले जनाएका छन् ।
जहाँ प्रहरीले प्रयोग भइसकेका क’न्डम पुनः बिक्रीका लागि बजार पठाउन तयारी अवस्थामा राखिएको थियो । फ्याक्ट्रीका ३४ वर्षीय मालिकले आफूहरुले ती क’न्डम बेच्न लागेको स्वीकार गरेका छन् । तर ती क’न्डम आफैँले बनाएको नभएर कसैबाट किनेर बिक्री गर्न मात्रै लागेको फ्याक्ट्रीका मालिकको दावी छ ।
प्रहरीले छा’पा मा’रेपछि घटनास्थलको भिडियो भने सार्वजनिक भएको छ । स्थानीय मिडियाका अनुसार एक व्यक्तिबाट ती क’न्डम किनेर उक्त फ्याक्ट्रीले धोइपखाली गरी प्लास्टिक ब्यागमा प्याकिङ गरेका थिए।
तर उनीहरुले यसअघि पनि यस्ता क’न्डम कति मात्रामा बिक्री गरे भन्ने बारे यकिन भइसकेको छैन । यद्यपि प्रहरीले छानविन गरिरहेको जनाएको छ । यसरी क’न्डम फेरि प्रयोग गर्दा स्वास्थ्य गम्भीर रुपमा जो’खिममा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । कोरोनाभाइरस महामा’रीका कारण विश्वका अधिकांश देशमा लकडाउन गर्न थालिएपछि क’न्डम उत्पादक कम्पनीहरु समेत महिनौँसम्म बन्द भएका थिए । जसले गर्दा बजारमा क’न्डमको आपुर्ति कम हुन थालेको बताइन्छ ।
प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ०१:४२